इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुकुम्वासीलाई भूमिपति बनाउन पाउँदा धेरै खुसी मिलेको छ : रेनु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सुकुम्वासीलाई भूमिपति बनाउन पाउँदा धेरै खुसीको अनुभूति मिलेको बताएकी छिन । भरतपुर–२ मा रहेकाे देवकोटा चोकमा नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले आयोजना गरेको लालपुर्जा प्राप्तिपछि शुभकामना तथा बधाई कार्यक्रममा मेयर दाहालले लालपुर्जा वितरणको काममा अभिभावक बन्न पाउँदा धेरै खुसी मिलेको उल्लेख बताएकी हुन् । ‘लालपुर्जा पाउँदा तपाईँहरू जति खुसी हुनुहुन्छ, त्योभन्दा बढी म खुसी छु’, उनले भनिन , ‘हामीले जे बोल्यौँ, त्यही गर्‍याैँ । अब भरतपुरका सबै सुकुम्वासीले लालपुर्जा पाउनुहुन्छ ।’ मेयर दाहालले विगतमा लालपुर्जा दिने आश्वासन दिने तर काम नगर्ने परिपाटीले गर्दा सुकुम्वासीलाई लामो समयसम्म काम हुने कि होइन भन्ने ठूलो चिन्ता भए पनि तर अहिले सबै भ्रम हटेर गएको बताईन।पालिका चुनावअघि नाटक गर्न निस्सा वितरणको नाटक मञ्चन गर्न आएका हुन् भनी विरोधीहरूले भ्रम सिर्जना गरे पनि लालपुर्जा दिइ बोलेको कुरा पूरा गरेको उनको भनाइ थियो । भरतपुर–२ बाट महानगरपालिकामा लालपुर्जा वितरण गरी नयाँ इतिहास रच्न सफल भएको उनले बताईन । भरतपुर–११ मा नाप/जाँचको काम सुरु भइसेकेकाले अबको केही समयमा लालपुर्जा वितरण गरिने उनले जानकारी दिएकी छन् । महानगरपालिकाले अधुरो कामलाई पूरा गरी भरतपुरका २९ वटै वडामा सबै सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने उल्लेख गरिन । कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिनाले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अग्रसरताको कारण लालपुर्जा वितरण गर्न सकिएको बताईन। यो आयोगले सबै सुकुम्वासीलाई प्रक्रिया पुर्‍याएर भूमिपति बनाएरै छाड्ने गरी आफ्ना कामलाई अगाडि बढाएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क