इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुदूरपश्मिमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि सत्ता गठबन्धनलाई सर्मथन गर्ने निर्णय गरेसँगै एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने पक्का भएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठका स्वकीय सचिव जिवस यादवले सत्ता गठबन्धनलाई प्रदेश सरकारमा समर्थन गर्ने निर्णय गरेको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने उहाँको भनाई छ । सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक नागरिक उन्मुक्ति पार्टीसँग सात जना सांसद छन् । सत्ता साझेदार दलहरूबीच नेकपा एमालेलाई सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व दिने सहमति भएको थियो । एमालेले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्रीका रूपमा अघि सारेको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई २७ गते बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क