इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुधनलाई राजिनामा गराउन रास्वपा भित्रैबाट दवाव

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका व्यापारी दीपक भट्टसँग ‘कनेक्सन’ देखिएपछि गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएका छन् । भट्टसँग साझेदारी रहेको विषय बाहिरिएपछि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र हलचल नै मच्चिएको छ । विवादास्पद भट्टसम्बद्ध ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी’मा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएको थियोे ।

समाचार बाहिरिएसँगै रास्वपाका सांसदहरुले गुहमन्त्री गुरुङलाई तत्काल पदबाट राजिनामा गराउन पार्टीका सभापति रवि लामिछानेलाई दवाव दिइरहेको रास्वपानिट स्रोतले बतायो । सरकार गठन भएको एक महिना नपुग्दै मन्त्रीहरुमाथि विभिन्न प्रश्नहरु आउन थानेपछि सभापति लामिछाने चिन्तित भएका छन् । लामिछानेले गृहमन्त्री गुरुङका बारेमा प्रधानमन्त्री बालेन्द्र साह(बालेन) सँग आजै भेटेर बर्खास्त गर्ने कि पार्टीले फिर्ता बोलाउने भन्ने विषयमा छलफल गर्न लागेको स्रोतले जनाएको छ ।

सरकार गठन हुने क्रममा नै प्रधानमन्त्री बालेन र रविबीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा ठुलो मतभेद भएको थियो । रविले पार्टीको उपसभापति डोल प्रसाद अर्याल(डीपी)लाई गृहमन्त्री बनाउन अन्तिमसम्म लागेपनि बालेनले सुधनको नामबाट पछि नहटेपछि रविले सहमति जनाएको थियो । अहिले उपसभापति अर्याल प्रतिनिधिसभाको सभामुखमा चैत २२ मै निर्वाचित भइसकेका छन् ।

गृहमन्त्री गुरुङलाई राजिनामा गराएर सभापति लामिछानेले आफ्नो विश्वासपात्र दिपक बोहोरालाई गृहमन्त्रीमा अगाडि सार्न लागेको स्रोतको दावि छ । बोहोरा र लामिछाने न्युज 24 टेलिभिजनमा सञ्चालित ‘सिधा कुरा’ देखि सँगै छ्न । लामिछाने गृहमन्त्री हुँदा सचिवालयमा बसेर बाेहाेराले काम समेत गरेका थिए ।

गृहमन्त्री गुरुङलाई जेनजी मुभमेन्टले पनि गम्भीर आरोपको निष्पक्ष छानबिनका लागि तत्काल पदबाट बर्खास्त गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क