सुनसरी | हिजो आइतबार बेलुका सुनसरीको भोक्राहा नरसिंह- ५ मा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
हिजो आईतवार बेलुका साढे ३ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २८ प ४०९३ नम्वरको मोटरसाईकल र दक्षिणबाट उतर तर्फ रोड क्रस गर्दै गरेको को १९ प ९९६५ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई वटा मोटरसाईकलमा सवार चार जना घाईते भएका थिए ।
घाईते भएका चार जनालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा को १९ प ९९६५ नम्बरको मोटरसाईकल चालक भोक्राहा नरसिँह -५ मा बस्ने ४५ बर्षीय रजाक मियाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
घाइते भएका तीन जनाको जिल्ला अस्पताल ईनरूवामा उपचार भईरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…