इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीको हरिनगरामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

सुनसरी : सुनसरीको हरिनगरा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । हिजो शनिबार बिहान ११ बजेतिर हरिनगरा -१ स्थित हुलाकी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २५ प ८८०९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको अवस्थामा एक बालिकालाई ठक्कर दिएको थियो । ठक्करबाट भारत अररिया बस्ने सुबोध मुखियाकी ७ वर्षीया छोरी नैना कुमारी मुखियाको मृत्यु भएको प्रहरी कार्यलय हरिनगराले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो । मोटरसाइकल चालक हरिनगरा गाउँपालिका- २ मा बस्ने २१ वर्षीय सदाम अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क