इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीको हरिपुरमा बस दुर्घटना हुँदा २७ जना घाइते

सुनसरी जिल्लाको कोशी गाउँपालिका-७ हरिपुर सडक खण्डमा साईकल यात्रुलाई जोगाउने क्रममा यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँद चालक सहित २५ जना घाईते भने २ जना गम्भीर घा´इते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ६५६४ नम्बरको यात्रुु बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । बिपरित दिशाबाट आउँदै गरेका साईकल यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको अनुमान रहेको छ । घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाईएकोमा थप उपचारको लागि उनीहरुलाई विराटनगर पठाईएको प्रहरीले जनाएको छ । घाईते मध्ये दुई जना देबकुमारी चौधरी र भुराज खत्रीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बाँकी घाईते मध्ये दुई जनालाई सैनिक अस्पताल इटहरी र बाँकी अन्यलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क