सुनसरी / यहीँ ४ मंसिर गते आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरीमा पाँच हजार २७४ जना सुरक्षाकर्मी परिचालित भएका छन् भने चार हजार ७ सय २८ जना कर्मचारी खटाइएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सुनसरी जिल्लामा भयरहित तथा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि नेपाल प्रहरी १,५८१, सशस्त्र प्रहरी ७३९, नेपाली सेना ४४०, म्यादी प्रहरी २,४९५ जना र राष्ट्रिय अनुसन्धानबाट १९ जना गरी जम्मा ५ हजार २ सय ७४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यस्तो, जिल्लामा ४ हजार ७ सय २८ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी गरी जम्मा ८ जनाका दरले कर्मचारी खटाइएको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…