इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीमा नेपाली सेना परिचालन गरीयो

सुनसरी / आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सफल पार्न सुनसरीमा नेपाली सेना परिचालन गरिएको छ । सुनसरीको धरान, इटहरी र इनरुवामा कम्पनी अपरेटिङ बेस स्थापना गरी सेना परिचालन गरिएको हो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी थिइन् । स्थानीय निर्वाचन सफल बनाउन र सुनसरीको शान्ति सुरक्षा मजबुद बनाउनका लागि चौबिसै घण्टा सेना परिचालन गरिएको छ । सुनसरीमा सेनाले गस्ती सुरु गरेसँगै शान्ति सुरक्षामा कडाइ गरिएको छ । सुनसरीको धरान , इटहरी नेपाली सेनाको कम्पनी अपरेटिङ बेस स्थापना गरी जिल्लामा नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । स्थानीय निर्वाचनको सुरक्षाका लागि सुनसरीका धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, रामधुनी, बराहक्षेत्र, दुहवी नगरपालिका तथा कोसी, भोक्राहा नर्सिङ, हरिनगरा, गडि, बर्जु, देवानगन्ज गाउँपालिकामा नेपाली सेनाले पेट्रोलिङ गस्ती थालेको नेपाली सेनाको कृष्णदल गण इटहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क