इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीमा प्रशासनको इजाजत लिएर राखिएका हतियार प्रहरीलाई बुझाउन आग्रह

सुनसरी / आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले इजाजत लिएर राखिएका हातहतियार प्रहरीलाई बुझाउन सूचना जारी गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै इजाजत प्राप्त तथा अन्य घरेलु हतियार नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार निर्वाचनलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षामा असर नपरोस् भनेर सर्वसाधारणलाई हतियार बुझाउन आग्रह गरिएको हो । प्रशासनले हतियार बुझाउने समय सीमा कार्तिक ५ गतेसम्मलाई तोकेको छ । जिल्लामा अनुमति प्राप्त गरेका ४ सय ८८ थान हतियार नागरिकले राखेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क