इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीमा राति १०:०० बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

सुनसरी : नेपालीहरूको महान चार्डपर्व तिहार लागे सगै यश वर्ष खेलिने देउसीभैल‍ो कार्यक्रम सुनसरी जिल्लाभर राति १०:०० बजेसम्म मात्र देउसि भैलो खेल्न पाइने भएको छ । यश वर्षको दीपावलीका अवसरमा खेलिने देउसीभैलो कार्यक्रम जिल्ला प्रशासन कार्यलय सुनसरीले आज एक सुचना जारी गर्दै देउसीभैलो खेल्ने कार्यक्रम राति १०:०० बजेसम्म सम्पन्न गर्न अनुरोध गरेको हो । कोराना महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाएर मात्र देउसिभैलो खेल्न अनुरोध गरिएको जिल्ला प्रशासनका इन्द्रदेव यादवले जानकारी दिएका छन् । तिहारका बेला पटाका, भुइचम्पा, आतिसबाजी , झिरझिरे जस्ता विष्फोटकजन्य पदार्थको प्रयोग र बिक्रीवितरण र अोसार पसार नगर्न पनि जिल्ला प्रशासन कार्यलय सुनसरीले अनुरोध गरेको छ । धार्मिकस्थलहरूमा समेत जथाभावी भीडभाड नगर्न अनुरोध गर्दै प्रशासनले सुचना अटेर गरे नियमअनुसार कारबाहीको गरिने प्रष्ट पारेको छ । देउसी भ‌‌ैलो कार्यक्रमहरू सार्वजनिक यातायात र कसैको जीवनलाई असर नपर्ने गरि मर्यादित र अनुशासित रूपमा सञ्चालन गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क