इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरीमा शान्तिपूर्ण रूपमा मतदान जारी, सशस्त्र र म्यादी प्रहरी परिचालन

सुनसरी / आज देशभरका ७५२ पालिकामा स्थानीय तहको निर्वाचनको मतदान सुरू भइरहेको छ । सुनसरीको १२ स्थानीय तहमा रहेको जिल्लामा शान्तिपूर्ण तबरले मतदान भइरहेको छ। दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकामा सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको जिल्लाका मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीले जानकारी दिएका छन् । स्थानीय तह निर्वाचन सुरक्षाका लागि प्रदेश १ मा पाँच हजार चार सय ४८ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रदेश नम्बर १ का विभिन्न जिल्ला म्यादी प्रहरी पनि परिचालन गरिएको छ । सुनसरीमा सात सय २८ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको लागि आज देशभर मतदान हुँदैछ। मुलुकमा संघीयता कार्यन्वयनपछि दोस्रो पटकको स्थानीय तह सदस्यका लागि आज मुलुकभरका ७५२ वटा पालिकामा मतदान हुँदैछ। देशभरका १० हजार ७५६ वटा मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क