इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष विजय श्रेष्ठ निर्वाचित

सुनसरी / सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा विजय श्रेष्ठले १ हजार २२५ मत प्राप्त गर्दै विजयी भएका छन् । निर्वाचन अधिकृत राजेन्द्र शर्माका अनुसार कुल खसेको २ हजार २७८ मतदातामध्ये विजय श्रेष्ठले १,२२५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनी नेपाली काङ्ग्रेसका निकट हुन् । उनका निकटतम प्रतिद्वन्दी शिवराज श्रेष्ठले ६३६ मत प्राप्त गरे हुन् । उनी एमाले निकट हुन् । पूर्व अध्यक्ष समेत रहेका पवन अग्रवालले ३३३ मत प्राप्त गरे । त्यसैगरी, उद्योगतर्फ विजय श्रेष्ठ प्यानलका पीयुषराज आचार्यले ५७८ मत , प्रभाव खतिवडाले ५३० मत , महेन्द्र प्रधानले ५२१ मत र विष्णु बरालले ४९३ मत प्राप्त गर्दै विजयी भए । यता, एमाले निकटका शिवराज श्रेष्ठ प्यानलका भोला श्रेष्ठले ४१५, चन्द्रप्रसाद बजगाईँले २८४ मत प्राप्त गरे । वस्तुगततर्फ विजय प्यानलका रामस्वरुप शर्मा र शिवराज प्यानलका पदमप्रसाद लिम्बू विजयी भएका छन् । यसअघि एसोसिएटतर्फ ३ सदस्यको लागि ३ जनाको मात्र उम्मेदवारी परेपछि निर्वाचन समितिले सर्वसम्मत चयन भएको घोषणा गरेको थियो । सर्वसम्मत हुनेहरूमा गोपाल श्रेष्ठ, अशोक जैन र राजु शाह रहेका छन् । यस्तै, वाणिज्यतर्फ किसन मास्के, उपेन्द्र चाम्लिङ, जयप्रकाश शर्मा, नवीन राजभण्डारी, मनोजकुमार अग्रवाल, राजेश अग्रवाल, शैलेशकुमार आचार्य र शशी साह निर्वाचित भएमा छन भने महिला सदस्यमा वर्षा अग्रवाल निर्वाचित भएकी छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क