इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरी तथा तराईमा बिहानैदेखि बाक्लो हुस्सु

सुनसरी / सुनसरीमा आज बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसो भएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहने छ । आज दिउँसो र राति देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ । मौसम बदली बुधबारसम्मै कायम रहने छ । बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटीमा समस्या हुँदा सडक र हवाई यातायातमा पनि प्रभाव पर्न सक्ने भएकोले सावधानी अपनाउनसमेत महाशाखाले अपिल गरेको छ । यता, सुनसरीमा बाक्लो हुस्सुका कारण इटहरी , धरान , बराहक्षेत्र , दुहबी , कोशी , देवानगञ्ज , बर्जु ,हरिनगर, भोक्राहा , रामधुनी र इनरूवा लगायतका स्थानको हुस्सुका कारण जनजीवन प्रभावित बनेकाे छ । इटहरीमा बिहान ८ बजे ११ डिग्री तापक्रम थियोे । चोक चोकमा मुढा बालेर आगो स्थानीय नागरिकहरू आगो तापिरहेका छन् । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण जिल्लाका सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् । जिल्लाका दक्षिणी ,उत्तरी भेगका विपन्न परिवारको जनजिव प्रभावित भनेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क