इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरी पसे हात्ती: बराहक्षेत्रमा एकको ज्यान गयो, धरानमा सतर्कता

सुनसरी: लामो समयदेखि मोरङ र झापामा बसिरहेको हात्तीको बथान सुनसरी आएको छ । एक जनाको मृत्यु भएको भएपछि धरान उपमहानगरपालिकाले सतर्कता अपनाउन सूचना जारी गरेको छ । सुनसरीको वराहक्षेत्र ५ मा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नबीनकृष्ण भण्डारीले जानकारी दिए । बिहान नजिकैको जनजागृति सामुदायिक बनमा घाँस काट्न गएका विष्ट दिउसोसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हात्तीले कुल्चिएर मृत अवस्थामा भेटिएको भण्डारीले जानकारी दिए । नजिकै हात्तीको बथानहरू भेटिएका छन् । यस्तै यता धरान उपमहानगरपालिकाले नगरवासीलाई सावधानी अपनाउन सूचना जारी गरेको छ । धरान उपमहानगरपालिका क्षेत्रभित्रको वन जङ्गलमा प्रवेश गर्न सक्ने अवस्था देखिएको भन्दै वन जङ्गल छेउका बस्तीका नागरिकहरू, सम्पूर्ण नगरवासीहरू, वडा कार्यालयहरू, डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालयहरू, सुरक्षा निकायहरूलगायत सबै पक्ष सतर्क, चनाखो रही सुरक्षित हुन सूचनामार्फत आग्रह गरेको छ । मेयर हर्क साम्पाङले सूचना जारी गरेका हुन् । साथै विशेषगरी वडा नं ५, ६, ८, १४, १५, १७, १८, १९ र २० का वन छेउका समुदायहरुमा हात्तीको आतङ्कको जोखिम हुने अवस्था देखिएमा तुरुन्त नजिकैको वडा कार्यालय, सुरक्षा निकाय, डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालयहरू र धरान उपमहानगरपालिकामा सम्पर्क गर्नसमेत आग्रह गरेको छ । दुई महिनायता झापाको बाहुनडांगी क्षेत्रबाट नेपाल प्रवेश गरेका हात्तीको बथानले पूर्वी तराइमा ७ जनाको ज्यान लिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क