इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरी प्रशासनले जारी गर्यो यस्तो आदेश

सुनसरी : जिल्ला प्रशासन कार्यलय सुनसरीमा बसेको डिसिसिएमसीको बैठक अनुसार बुधबार देखि लागू हुने गरि ओमिक्रोन भेरियन्टलाई मध्यनजर गर्दै लागू हुने गरि सुनसरीमा १३ बुँदे आदेश जारी गरेको छ । ओमिक्रोन भेरियन्ट भारतमा पनि भयावह रूपमा फैलिएको हुँदा नेपालमा पनि देखा परेकाले विभिन्न नियम लागू हुने गरि जिल्ला प्रशासन कार्यलय सुनसरीले आदेशपत्र जारी गरेको छ ।कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यानमा राखि तोकिएका स्वास्थ्य सुरक्षाका मापदहरू ( माक्सको उचित , प्रयोग ,स्यानीटाइजरको प्रयोग र भौतिक दुरी कायम ) अनिवार्य रूपमा नियम पालना गर्नु पर्ने र गराउने पनि रहेको छ । २५ जना भन्दा बढी सहभागी हुने भिडभाडजन्य मेला , महोत्सव , सभा सेमिनार गोष्ठी लगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन आदेश , सबै आधारभुत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हक नेपाल सरकार शिक्षा मन्त्रालयको निर्णयनुसार विद्यालय बन्द गर्न आदेश रहेको छ । जिल्लाको कुनै क्षेत्रमा कोभिड संक्रमण देखिएमा स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धि कार्यविधि २०७८ बमोजिम सम्बन्धित स्थानीय तहले जोखिमको अवस्था विश्लेषण गरि कार्यलयलाई जानकारी गराउने जस्ता आदेशहरू रहेका छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क