इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनसरी र मोरङमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु

सुनसरी / मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई ठाउँमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना मोटरसाइकल चालकको मृ´त्यु भएको छ । हिजो बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका-८ मा कोशी लोकमार्गमा को.२०प ९८९६ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक डिभाईडरमा ठोक्किई दुर्घटना हुँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक विराटनगर-१४ का ३० बर्षीय श्याम कामतको उपचारको क्रममा बिराटनगर स्थित बिराट नर्सिङ होममा मृ´त्यु भएको हो । त्यस्तै मोरङको जहदा गाउँपालिका-६ स्थित भित्रि सडक खण्डमा सडक साईडमा राखेको गोरुगाडामा को.३५प ३४०५ नम्बरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक विराटनगर-१९ का २६ बर्षीय लक्ष्मी सरदार गम्भिर घाईते भई उपचारको लागि कोशी अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृ´त घोषणा गरेको हो । दुर्घटना विषयमा प्रहरीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क