इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनामीका कारण जापानमा १ लाख ४९ हजार जनाको ज्यान जान सक्ने

होक्काइदो । सुदुर उत्तरमा रहेको प्रिफेक्चर होक्काइदोमा शक्तिशाली भुँइचालो गयो र सुनामी आयो भने १ लाख ४९ हजार जनाको ज्यान जान सक्ने होक्काइदो सरकारले बिहिबार सार्वजनिक गरेको क्षतिसम्बन्धी प्रक्षेपणले देखाएको छ । यो केन्द्र सरकारले गरेको प्रक्षेपणको तुलनामा करीब १२ हजार धेरै हो । जोखिमयुक्त स्थानबाट प्रभावितहरुको स्थानान्तरण तत्कालै प्रभावकारी रुपमा गर्न सकियो भने मर्नेको संख्यामा उल्लेख्य कटौती गर्न सकिने पनि प्रतिवेदनमा बताइएको छ । केन्द्र सरकारको प्रक्षेपणमा जापान ट्रेञ्च र चिशिमा ट्रेञ्चमा विनाशकारी भुइँचालो गयो र सुनामी निम्त्यिो भने यसबाट होक्काइदोदेखि टोकियोसम्म अनि देशका अन्य क्षेत्रमा के कस्ता क्षति हुन सक्छ भन्ने अनुमान गरिएको छ । होक्काइदो सरकारले अहिलेसम्म भएका भौगोलिक सर्वेक्षणहरुबाट प्राप्त तथ्यांक अनि जोखिमयुक्त स्थानबाट बाहिरिने मार्ग र सुनामी आउने स्थानबाट जोखिमयुक्त स्थानको दूरी आदिका आधारमा प्रक्षेपण संसोधन गरेको थियो । जापान वा चिशिमा ट्रेन्चमा महाविनाशकारी भुँइचालो आयो भने होक्काइदो समेत सात ओटा प्रिफेक्चरमा १ लाख ९९ हजार जनाको मृत्यु हुने सक्ने अनुमान डिसेम्बरमा केन्द्र सरकारले गरेको थियो । सो प्रक्षेपणअनुसार सबैभन्दा खराब अवस्थामा होक्काइदोमा मात्रै १ लाख ३७ हजार जनाको मृत्यु हुन सक्ने छ । घरभित्र भएको समयमा लुक्ने वा आश्रय लिने राम्रो ठाउँ नहुँदा होक्काइदोमा मात्रै १९ हजार जनासम्मले ज्यान गुमाउन सक्ने अनुमान केन्द्र सरकारले गरेको छ । होक्काइदो सरकारको अनुमानमा यो संख्या ६६ हजार जना छ । महाविनाशकारी भुकम्पमा पूर्ण रुपमा क्षतिग्रस्त हुुने भवनको संख्या पनि १ हजार ७०० ले बढाएर ६ हजार २०० मा पुर्याइएको छ । विपद् रोकथाम शिक्षा र जनचेतनाका लागि नयाँ प्रक्षेपणको प्रयोग गर्ने होक्काइदो सरकारले बताएको छ । होक्काइडो जापानको दोस्रो ठूलो टापु हो र यसको आफ्नै क्षेत्र बनाउँदै सबैभन्दा ठूलो र उत्तरी प्रान्त समावेश गर्दछ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क