इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुन्दरहरैँचामा तिव्र गतिमा रहेको टिपरको ठक्करबाट १८ महिने नाबालिकाको मृत्यु

सुनसरी / मोरङको सुन्दरहरैँचा नगरपालिका - १२ मा तिव्र गतिका रहेको टिपरको ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ । आज दिउँसो ४ बजेतिर भित्री सडकखण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ६८२५ नम्बरको टिपरले खेलिरहेकी नाबालिकालाई ठक्कर दिएको इलाका प्रहरी कार्यलय सुन्दरहरैँचाले जनाएको छ । ठक्करबाट सुन्दरहरैँचा- १२ का अजित चौधरीकी १८ महिने छोरी अननिया चौधरीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको केराबारी गाउँपालिका- १० का ३५ वर्षीय राजकुमार लिम्बूलाई प्रहरी नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानबाट चालकको लापरबाहीले दुर्घटना भएको छ । स्थानीयका अनुसार तीव्र गतिमा रहेको टिपरले खेलिरहेकी नाबालिकालाई ठक्कर दिएको हो । घटनास्थलमा जम्मा भएको भीड र सडकको बीचमा राखिएको शवका कारण उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन हुन दिएका थिएनन् । माहोल भड्किन नदिनलाई घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियोे । शव सडकमै छाडेर उनीहरूले टिपर आतंक बन्द गर, चालकलाई घटनास्थलमा ल्याउनुपर्ने, कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरेका थिए । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क