इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुर्खेतमा स्वरूपै नमिलेका बाघका प्रतिमा, १३ लाख रुपैयाँ खर्च भएको दाबी

सुर्खेत शहीद पार्कमा बनेको मूर्तिलाई लिएर विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् । कतिपयले यी मूर्ति बनाउन १३ लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन् । भैरव सामुदायिक वन क्षेत्रमा रहेको सुर्खेतको पर्यटकीय स्थल सहिद पार्कमा राख्नका लागि पार्क व्यवस्थापन समितिले पाटेबाघको प्रतिमा बनाएको थियो। केही समय पहिले बनाएको एउटा प्रतिमा टुक्रिन थालेपछि समितिले अर्को प्रतिमा बनाएको हो। निकुञ्जको व्यवस्थापन भैरव सामुदायिक वनले लिएको छ । भैरव सामुदायिक वनका अध्यक्ष एवं वीरेन्द्रनगर–४ का वडा सदस्य अमरबहादुर कार्कीका अनुसार हाल भाइरल बनेको मूर्ति बनाउन ५० हजार रुपैयाँ खर्च भएको थियो । ‘पहिले बनाइएको प्रतिमा ढुंगाका पिस जोडेर बनाइएको रहेछ, त्यो गुणस्तरीय नभएपछि हामीले ४५ हजार लागत अनुमान गरेकोमा बनाउने मान्छेलाई २८ हजार मात्र भुक्तानी गरेका थियौं,’ अध्यक्ष कार्कीले भने, ‘पछि बनाइएको उक्त प्रतिमाको खर्च ५० हजार हो, हामीले कालीगढलाई भुक्तानी त्यही गरेका हौं।’ सहिद पार्कको गेटमा राखिएको कन्याको प्रतिमा र पछिल्लो पटक बनाइएको पाटेबाघको प्रतिमाको गरी कूल एक लाख पाँच हजार रुपैयाँ खर्च भएको अध्यक्ष कार्कीले बताए। ‘हामीले एकैपटक यी दुइटा प्रतिमा बनाएका थियौं, यसको जम्मा खर्च १ लाख ५ हजार मात्र छ,’ उनले भने, ‘अहिले त्यो प्रतिमालाई बेकारमा भाइरल बनाइएको छ।’ उनका अनुसार उक्त पाटेबाघको प्रतिमा काँक्रेविहार क्षेत्रमा राखिएको शिवको मूर्ति बनाउन आएका चितवनका कालीगढले बनाएका हुन्। अहिले बनाइएका दुबै प्रतिमा एउटै ढुंगाबाट बनेको उनले बताए। सहिद पार्कमा आउने पर्यटकबाट लिइने शुल्कबाट जम्मा भएको रकमले बाघका दुई वटा प्रतिमा समितिले बनाएको अध्यक्ष कार्कीले बताए। पार्कमा प्रवेशका लागि प्रतिव्यक्ति २० रुपैयाँ लिइन्छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क