इन्फो नेपाल — सञ्चारको सञ्जाल

सोमबारदेखि अनलाइनमा ५ दिने नि,शुल्क तालिम सहभागी हुनुहोस्

आउँदो असोज १८ गते सोमबारदेखि पाँच दिनसम्म फोटोशपमा अन्तर्राष्ट्रियस्तरको तालिम हुँदै छ । फोटोशपका चर्चित प्रशिक्षक र विज्ञबाट हुने फोटोशप भर्चुअल समिट ३ मा नि:शुल्क सहभागी हुन सकिने छ । हरेक वर्ष आयोजना हुँदै आएको यो समिटलाई एडोबीले प्रायोजन गरेको छ । दुई दशकदेखि फोटोग्राफी तथा रिटचमा काम गर्दै आइरहेका प्रशिक्षक डेभ क्रसको अग्रसरतामा यसअघि दुईवटा भर्चुअल समिट सम्पन्न भइसकेको छ ।तेस्रो संस्करणको भर्चुअल समिटमा पाँच दिनमा कुल ३० घण्टाको प्रशिक्षण कक्षा हुनेछ ।जसमा डेभ क्रसका अतिरिक्त बेन विलमोर, कोलिन स्मिथ, म्याट क्लोसकोस्की, लिसा क्यार्नी, ग्लिन डिविस, एन्या एन्टी, कोरे बारकर, ब्ल्याक रुडिज, क्रिस्टिना शेर्क, टिम ग्रे, निकाेल याेङ, सिबास्चियन माइकल्स लगायत २० जनाले प्रशिक्षण दिनेछन् । प्रशिक्षक क्रसका अनुसार हरेक एक घण्टा नयाँ टपिकमा कक्षा सञ्चालन हुनेछ । हरेक दिनकाे कक्षा ४८ घण्टासम्म अनलाइनमा निःशुल्क हेर्न सकिन्छ ।भीआईपी पास लिएका सदस्यहरुले कुनै पनि समयमा फोटोशपको कक्षा हेर्न र डाउनलोड गर्न पाउने छन् । उक्त प्रशिक्षणमा नयाँदेखि व्यवसायिक रूपमा काम गरिरहेका सबै प्रकारका फोटोशप प्रयोगकर्ता सहभागी हुन मिल्ने बताइएकाे छ ।यो तालिममा सहभागी हुन र थप विवरण बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क