इन्फो नेपाल — सञ्चारको सञ्जाल

सोलुखुम्बु बाढीपीडितको उद्धारमा खटिएका १३ प्रहरी पुरस्कृत

सोलुखुम्बु | थामेमा गत साउन २६ गते आएको बाढीबाट प्रभावित नागरिक तथा भौतिक सम्पत्तिको सफलतापूर्वक उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई सम्मान गरिएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रहरी निरीक्षक लक्ष्मण गिरीको नेतृत्वमा खटिएका प्रहरीको समूहलाई आज पुरस्कार प्रदान गरेको हो। पुरस्कृत हुनेमा एक प्रहरी निरीक्षक, दुई प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवल्दार, तीन प्रहरी हवल्दार, दुई प्रहरी सहायक हवल्दार, र चार जना प्रहरी जवान छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार, यी प्रहरीकर्मीहरूले थामेमा प्राकृतिक विपत्तिको समयमा जनधनको क्षति न्यूनीकरणमा सक्रिय भूमिका खेलेका कारण नेपाल प्रहरीको अभिलेखमा राखिने गरी पुरस्कृत गरिएको हो। थामेमा बाढीले विद्यालय, स्वास्थ्य चौकी, होटेल, र घरहरूमा ठूलो क्षति पुर्याएको थियो, जसले गर्दा स्थानीय बासिन्दाहरू ठूलो जोखिममा थिए। उद्धार कार्यमा खटिएका प्रहरीकर्मीहरूले बाढीपीडितहरूको समयमै उद्धार, जोखिम न्यूनीकरण, र सचेतना फैलाउने जस्ता महत्त्वपूर्ण कार्यमा कुशलतापूर्वक काम गरेको घिमिरेले जानकारी दिए। पुरस्कृत प्रहरी निरीक्षक लक्ष्मण गिरीले भने, "पुरस्कारले उच्च मनोबलका साथ राष्ट्रको सेवामा लाग्न थप प्रेरणा मिलेको छ।" सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा भएको बाढीले एक विद्यालय, एक स्वास्थ्य चौकी, दुई होटेल, र १३ घरहरू पूर्ण रूपमा ध्वस्त भएका थिए, भने १० वटा घरमा आंशिक क्षति पुगेको थियो। साथै, ९५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा समेत क्षति पुगेको थियो। यस प्राकृतिक विपत्तिबाट स्थानीय बासिन्दाहरूलाई ठूलो आर्थिक र भौतिक क्षति भयो, जसको न्यूनीकरणमा नेपाल प्रहरीको योगदान प्रशंसनीय रहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क