इन्फो नेपाल — सञ्चारको सञ्जाल

स्थानीय तह निर्वाचन : कसले कहाँबाट गरे मतदान ?

काठमाडौं–  देशभरका कुल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको छ । मतदान कार्य अपराह्न ५ बजेसम्म जारी रहनेछ। ऐतिहासक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कुल ३५ हजार २२१ जना निर्वाचित हुनेछन्। कसले कहाँबाट गरे मतदान ? प्रचण्डले गरे मतदान । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहकाे लागि मतदान गरेको छन् । उनले चितवनको भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । रामचन्द्र पौडेलले गरे मतदान नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रबार मतदान गरेका छन् । उनले बिहान व्यास नगरपालिका -२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र ‘ख’ मा मतदान गरेका हुन् । गृहमन्त्री खाँण गरे मतदान गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन् ।उनले बिहान ७ बजे तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गरेका हुन् । सभामुखले गरे मतदान सभामुख अग्नि सापकोटाले मतदान गरेका छन् । उनले गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन् । प्रकाशमान सिंहले गरे मतदान नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाट मतदान गरेका हुन् । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उनकी श्रीमती सिर्जना सिंहले उम्मेदवारी दिएकी छन् । एमाले उपाध्यक्ष पाण्डेले गरे मतदान नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका– ५ को मतदान केन्द्रमा मतदान गरेका छन् । एमाले उपाध्यक्ष पौडेलले गरे मतदान एमाले उपाध्यक्ष विष्णु पौडेलले स्थानीय निर्वाचनका लागि मतदान गरेका हुन् । उनले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको लोकन्थलिबाट मतदान गरेर स्थानीय तह निर्वाचन सुरु गरिएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क