इन्फो नेपाल — सञ्चारको सञ्जाल

स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो दल को बन्ला: तपाईको मत कसलाई ?

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ । २०७४ सालमा पहिलो चरणको स्थानीय निर्वाचन भएकै मितिमा सरकारले नयाँ निर्वाचन गर्ने घोषणा गरेको छ । ५ वर्षअघि र अहिलेको राजनीतिक परिस्थितिमा बदलाव आइसकेको छ । यद्यपि त्यतिबेलाको मतपरिणाम र राजनीतिक दलहरुले आर्जन गरेको शक्तिका आधारमा आगामी अवस्थाको आँकलन गर्न सकिन्छ । तीन चरणमा सम्पन्न अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको थियो । नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा थिए । कुन पार्टी शक्ति कति थियो ? अघिल्लो स्थानीय तहको निर्वाचनको परिणाममा एमाले मधेस प्रदेशबाहेक अन्य सबै प्रदेशमा पहिलो पार्टी बनेको थियो । एमालेले गाउँपालिका अध्यक्ष र नगरपालिकाको प्रमुख गरेर २ सय ९४ स्थानीय तहको नेतृत्व जितेको थियो । गाउँपालिका उपाध्यक्ष र नगर उपप्रमुखमा एमालेका ३ सय ३३ जना निर्वाचित भएका थिए । एमालेले २ हजार ५ सय ६० वडामा अध्यक्ष जितेको थियो भने एमालेबाट १० हजार ९ सय १५ जना वडा सदस्य निर्वाचित भएका थिए । यस हिसाबले एमालेले स्थानीय तहमा १४ हजार १ सय जनप्रतिनिधि जितेको थियो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुख गरी २ सय ६६ स्थानीय तहको नेतृत्व जितेको थियो । कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष र नगर उपप्रमुखमा २ सय २२ जना निर्वाचित भएका थिए । त्यस्तै २ हजार २ सय ८७ वडामा कांग्रेसले वडा अध्यक्ष जितेको थियो भने ८ हजार ६ सय ८० जना वडासदस्य कांग्रेसबाट निर्वाचित भएका थिए । यसरी कांग्रेसले २०७४ को स्थानीय निर्वाचनमा कुल ११ हजार ८ सय ५६ जना जनप्रतिनिधि जितेको थियो । तेस्रो स्थानको नेकपा माओवादीले गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुख गरी १ सय ६ स्थानीय तहको नेतृत्व जितेको थियो । माओवादीबाट १ सय ११ जना गाउँपालिका उपाध्यक्ष र नगर उपप्रमुखमा जित्दा १ हजार १ सय २२ वडा अध्यक्ष निर्वाचित भएका थिए । माओवादी केन्द्रबाट ४ हजार १ सय २१ वडा सदस्यसहित कुल ५ हजार ४ सय ४० स्थानीय जनप्रतिनिधि निर्वाचित भएका थिए । अघिल्लो स्थानीय तहमा प्रतिस्पर्धा गरेको संघीय समाजवादी फोरमले २६ स्थानीय तहमा प्रमुख, २५ स्थानीय तहमा उपप्रमुख र १ सय ९१ वडामा अध्यक्ष जितेको थियो । त्यस्तै राष्ट्रिय जनता पार्टीले २५ स्थानीय तहमा प्रमुख, ३० स्थानीय तहमा उपप्रमुख र १ सय ९४ वडामा अध्यक्ष जितेको थियो । त्यस्तै राप्रपाले २ स्थानीय तहको प्रमुख, ८ उपप्रमुख र ५९ वडा अध्यक्ष जितेको थियो । नेपाल मजदूर किसान पार्टीले भक्तपुर नगरपालिका जित्दा राष्ट्रिय जनमोर्चाले दुई प्रमुख र दुई उपप्रमुख जितेको थियो । अहिलेको अवस्था के छ ? पहिलो स्थानीय तहको निर्वाचन उप्रान्त राष्ट्रिय राजनीतिको दिशा र दलहरुको आन्तरिक जीवनमा धेरै उतारचढाव आइसकेको छ । अघिल्लो निर्वाचन लगत्तै नेकपा माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेको थियो । एमाले र माओवादीको गठबन्धनले संघीय निर्वाचन सबै क्षेत्रमा तालमेल गरेर लडेका थिए । झण्डै २ तिहाई हासिल गरेको वामगठबन्धन पार्टी एकतामार्फत बलियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा परिणत भएको थियो । यद्यपि नेकपा अहिले विभाजित भएको छ । नेकपा एमाले र नेकपा माओवादी पूर्ववत अवस्थामा फर्किएका छन् । एमाले विभाजनबाट केही स्थानीय जनप्रतिनिधिहरु नेकपा एकीकृत समाजवादीमा लागेका छन् । यसबाट एमालेलाई केही क्षति पुगे पनि एसमा लागेका भन्दा बढी माओवादीका स्थानीय जनप्रतिनिधिहरु नेकपा एकतासँगै एमालेमा समाहित भएका छन् । अघिल्लो स्थानीय तहमा दोस्रो स्थानमा रहेको कांग्रेसले आफ्नो तागत गुमाएको छैन । यद्यपि तत्कालीन लोकतान्त्रिक फोरमसँगको एकतापछि केही स्थानीय जनप्रतिनिधि कांग्रेसमा थपिएका छन् । अघिल्लो स्थानीय निर्वाचनमा तेस्रो स्थानमा रहेको माओवादीका केही जनप्रतिनिहरुले पार्टी छाडेको अवस्था छ । मधेश प्रदेशमा कार्यगत एकता गरेर शक्ति सञ्चय गरेका पार्टीहरु विभाजित अवस्थामा छन् । हाल जसपा र लोसपालाई मधेशको राजनीतिमा जनमत पार्टीले समेत चुनौती दिएको अवस्था छ । राप्रपामा महाधिवेशन पश्चात संगठनको पुनर्ताजगी भएपनि कमल थापाको बहिर्गमनले पुर्याउने क्षतिको आँकलन हुनै बाँकी छ । उल्लेखित परिस्थितिका कारण आगामी स्थानीय निर्वाचनमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल भएमा एमालेलाई अप्ठ्यारो पर्नेछ । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा स्थानीय तहदेखि नै तालमेलको पक्षमा छन् । तर कांग्रेसलाई सबै ठाउँमा तालमेल नगर्न आफ्नै पार्टीभत्र दबाब छ । स्थानीय चुनावको ५ वर्षका बीचमा जनमतमा धेरै नभए पनि मात्रात्मक फेरबदल आइसकेको छ । जनप्रतिनिधिका कामका कारण पनि दलहरुको मत तलमाथि हुनसक्छ । गठबन्धन नहुँदा कांग्रेस र एमालेबीच पहिलो बन्ने प्रतिस्पर्धा हुने निश्चित छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क