इन्फो नेपाल — सञ्चारको सञ्जाल

स्वतन्त्रले नै देश चलाउँछन् भन्ने त अपवाद मात्र हो : प्रचण्ड

काठमाडौं १८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण नागरिकले मत दिएको जिकिर गरेका छन् । जनताले धरान र काठमाडौंका स्वतन्त्र उम्मेदवारलाई जिताएर माओवादीलाई सवक सिकाएको बताएका प्रचण्डले पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य अझै मुलुकमा नचल्ने बताएका छन् । बुधबार स्थानीय तहमा निर्वाचित पार्टीका नेताहरुको लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्र्दैै अध्यक्ष प्रचण्डले अझै कयौ दशकसम्म पार्टीले नै राज्य सञ्चालन गर्ने बताएका छन् । स्वतन्त्र आएर नै लान्छन् भन्ने चाहिँ नभएको बताएका प्रचण्डले काठमाडौं र धरानमा जित्नेले आफ्नो पार्टीको जस्तो कुरा गरेको भन्दै प्रचण्डले भने , ‘हिजो हामीले जनताको सेवा गर्ने, धारो, फोहोरमैला व्यवस्थापन, शोषण, विभेद, अन्याय, अत्याचार सबै सिध्याउँछौँ भनेर भनेको होइन ? हामीले राम्रोसँग नगरेको देखेपछि जनताले स्वतन्त्रलाई जिताएर हामीलाई पाठ सिकाएको जस्तो लाग्छ मलाई । तर स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा हामी कोही पर्नु हुन्न । त्यो अपवाद हो ।’ माओवादी केन्द्रलाई हल्का रूपमा नलिन समेत प्रचण्डले चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क