इन्फो नेपाल — सञ्चारको सञ्जाल

स्वतन्त्र उम्मेदवारलाई पूर्व सचिव उपाध्यायको २० सुझाव

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव तथा स्वतन्त्र युवाको पक्षमा उभिएका सामाजिक अभियन्ता भीम उपाध्यायले स्वतन्त्र उम्मेदवारलाई २० सुझाव दिएका छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लागि स्वतन्त्र उम्मेदवारहरू पनि धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्। पहिलोपटक तामझामका साथ स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा रहेका उनीहरू पनि आफ्नो पक्षमा नतिजा पार्न योजना बुनिरहेका छन्। यसैबीच, मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयारीमा रहेका स्वतन्त्रहरूलाई उपाध्यायले ढल व्यवस्थापन देखी आधुनिक प्रविधि र आईटीको विस्तारिकरण सम्मको योजना बनाउनुपर्ने भन्दै २० सुझाव दिएका हुन् । उपाध्यायले दिएका २० सुझावः
  •  ढल व्यवस्थापन,
  •  खानेपानी व्यवस्था,
  •  फोहरमैला व्यवस्थापन,
  •  ट्राफिक व्यवस्थापन,
  •  बाढी, पहिरो र डुबान नियन्त्रण,
  •  दिसा व्यवस्थापन,
  •  भ्रष्टाचार उन्मूलन,
  •  सिन्डिकेशन र कार्टेलिंग निवारण,
  •  बला'त्कार, ह'त्या र मानवतस्करी नियन्त्रण,
  •  प्रशासन, पुलिस, विकास र न्याय प्रशासनमा सुशासन,
  •  वेरोजगारी निर्मूलन वा रोजगारी सिर्जना,
  •  सडक तथा एयरपोर्ट वा यातायात पूर्वाधारको तीव्र विकास,
  •  पर्यावरण व्यवस्थापन,
  •  शान्ति सुरक्षा र अमनचयन,
  •  उद्योगधन्दाको विकास र निर्यातयोग्य वस्तु उत्पादन,
  • व्यापार शिक्षा स्वास्थ्य वैदेशिक रोजगार व्यावसायमा माफिया निर्मुलन,
  •  सरकारी कर्मचारीमा सदाचार विकास र तिनको प्रभावकारिता र क्षमता सुदृढिकरण,
  •  सडक मर्मत र सुरक्षा व्यवस्थापन,
  •  आध्यात्मिक जागरण र नैतिकताको सामाजिक सद्भाव र सहिष्णूता अभिवृद्धिकरण,
  •  आधुनिक प्रविधि र आईटीको विस्तारिकरण ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क