इन्फो नेपाल — सञ्चारको सञ्जाल

स्वदेशमै उद्यमशीलताको सम्भावना छ: मन्त्री श्रेष्ठ

हेटौँडा | बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले स्वदेशमै स्वरोजगार र उद्यमशीलताको प्रशस्त सम्भावना रहेको बताएका छन्। मकवानपुरको राक्सिराङ–३ झिल्किनीमा आयोजित स्वदेशी हातेकागज उत्पादन तालिमको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले युवालाई देशमै सीप र व्यवसायिक अवसरमा संलग्न गराउन तालिम महत्वपूर्ण माध्यम हुने बताए।

उद्योग तथा वाणिज्य कार्यालयको आर्थिक सहयोग र जिल्ला लघु उद्यमी समूह संघ (डिमेगा) मकवानपुरको आयोजनामा सुरु भएको ३० दिने तालिममा सहभागी युवाहरूले तालिमपछि घरमै बसेर १ लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने मन्त्री श्रेष्ठको भनाइ थियो। उनले भने, “यो तालिम देखावटी प्रमाणपत्रका लागि होइन, उद्यमशील युवा उत्पादन गर्ने कार्यथलो हो।”

तालिम उद्घाटन कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले तालिमपश्चात व्यवसाय थालनी गर्न चाहनेलाई पालिकाबाट सहुलियत ऋण, बैंक ब्याज अनुदान, बिमा र बजार व्यवस्थापनमा सहयोग उपलब्ध गराइने बताए। “बिना तालिम सञ्चालित उद्योगहरू प्रायः असफल हुने गरेका छन्,” अध्यक्ष मल्लले भने, “यसले तालिम, रोजगारी र उत्पादनलाई जोड्दै 'सुखी नेपाली, समृद्ध नेपाल' अभियानमा टेवा पुर्‍याउँछ।”

गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङले चेपाङ बस्ती र अन्य जोखिममा परेका समुदायलाई लक्षित गरी वैकल्पिक आयआर्जनको माध्यमका रूपमा तालिम आयोजना गरिएको बताए। उनले भने, “अब लागू औषध खेतीको डर होइन, केरा खेती र कागज उत्पादनजस्ता वैकल्पिक उद्योगतर्फ मोडिनुपर्छ।”

वडा नं. ३ का अध्यक्ष उत्तम वाइवाले तालिमपछि व्यावसायिक योजनामा लाग्न चाहने युवालाई वडाबाट आवश्यक सहयोग गरिने बताए। केराको उत्पादनपछि बाँकी रहेको बोटबाट हातेकागज उत्पादन गर्न सकिने भएकाले तालिमको उद्देश्य लागू औषधको विकल्पका रूपमा नगदेबाली प्रवर्द्धन गर्नु रहेको अध्यक्ष वाइवाले बताए।

जिल्ला लघु उद्यमी समूह संघ (डिमेगा) मकवानपुरका अध्यक्ष दिपेन्द्र रोक्काले तालिम स्वरोजगार, सीप विकास र वातावरणमैत्री उत्पादन प्रवर्द्धन गर्न महत्त्वपूर्ण हुने बताए।

तालिम उद्घाटन कार्यक्रम डिमेगाका अध्यक्ष रोक्काको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालयका लेखमान राउत, संचारकर्मी रामकुमार एलन, शिवकुमार काशी, उमेश राई, तथा डिमेगाकी सचिव मेनका श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क