इन्फो नेपाल — सञ्चारको सञ्जाल

स्वास्थ्यका लागि सिस्नु

स्वास्थ्यका लागि सिस्नु बहुउपयोगी र बहुगुणकारी रहेको छ । पहिलेपहिले गरिबको आहारा रहेको सिस्नु अहिले पाँचतारे होटल र आकाश छुने बंगलाका भान्साघरमा पनि विशेष परिकारका रूपमा पाक्न थालेको छ । यसमा हुने खाद्य तत्वको पहिचान र स्वास्थ्य हितलाई ध्यानमा राखेर यसको महिमा गरिन थालिएको छ । किंवदन्तीमा सिस्नुको महिमा कम छैन । सृष्टिकालको पूर्वाद्र्धमा जनजाति समुदायले सिस्नु खाएर बाँचेको तर तात्कालीन शासक वा उच्च जातिले सिमलको बोक्रा खाएर जीवन गुमाएको कथा कम रोचक छैन । सिमलको बोक्रा निकालेपछि सुक्ने भएकाले सिमल खाने सबै मरेर गएछन् । तर, सिस्नु जति टिपेर खाए पनि जराबाट पलाइरहने हुनाले जनजाति तथा आदिवासी बाँचेछन् । महाभोकमरीको यो कथासँगै आज यथार्थता जोडिन आइपुगेको छ । अहिले उच्च, मध्यम एवं कमजोर आर्थिक स्तर भएका परिवारका लागि सिस्नु उत्तिकै प्रिय र रुचीकर बनिरहेको छ । हाम्रा बारीका कान्ला, भीरपाखा एवं बाँझो खेतबारीमा पाइने सिस्नुको योजनबद्ध खेती गरिन थालिएको छ । यसलाई टिप्न र बनाउन निकै कला र तरिका आवश्यक पर्छ । बहुगुणकारी सिस्नु हरियो तरकारी सागका रूपमा प्रयोग गरिन्छ । रायोको सागमा ३ सय ५० आईयू भिटामिन पाइँदा सिस्नुमा १२ सय आईयू भिटामिन पाइन्छ । यसमा भिटामिन ‘सी’ पनि अत्यधिक रूपमा पाइन्छ । साथै, आइरन, फमिक एसिडलगायतका अन्य तत्व सबैभन्दा बढी सिस्नुमा पाइन्छ । सिस्नुमा ८२ दशमलव ४ प्रतिशत पानी र १७ दशमलव ६ प्रतिशत सुक्खा पदार्थ पाइन्छ । ५ दशमलव ५ प्रतिशत प्रोटिन, ७ दशमलव १ प्रतिशत कार्बोहाइड्रेड, बोसोका साथै क्याल्सियम, म्याग्नेसियम, खनिज, क्लोरोफिल, क्रोमियम, कोवाल्ट, फलाम, फस्फोरस, पोटासियम, जिंक, तामा, सल्फर, नियासिन, म्यान्गानिज, सेलेनियम, भिटामिन ‘बी’, ‘सी’, ‘डी’ र ‘के’ पनि पाइन्छ । सिस्नु सेवनले पाचन प्रणाली मजबुत हुने, अपचको समस्या समाधान हुने, ग्यास्ट्रिक नियन्त्रण हुने हुन्छ । सिस्नोमा फाइबर हुने भएकाले भित्री पेटको सरसफाइ राम्रोसँग हुन्छ । सिस्नुको नियमित सेवनले किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइट ब्यालेन्स, रगत उत्पादन, हेमोग्लोबिनको मात्रा बढ्दै जान्छ । सिस्नुको मेहन्दी बनाएर लगाएमा कपाल झर्नबाट रोकिन्छ । कपालको चायाँ हट्छ । महिलाको महिनावारी अनियमित बनाउँछ । स्त्रीरोग, मधुमेह, उच्च रक्तचाप, जन्डिस, प्यारालाइसिस, पत्थरी, अल्सर, कब्जियत, पायल्स, जुका, युरिक एसिड, रक्तअल्पता, नपुसंकता, बाँझोपनका बिरामीका लागि सिस्नु निकै उपयोगी हुन्छ । सिस्नु सेवनले रक्तसञ्चार प्रणालीअन्तर्गत मुटु, उच्च रक्तचाप, कलेजो संरक्षण, रक्त शुद्धीकरण र शरीरमा नयाँ कोषिका निर्माण गर्न मद्दत गर्छ । प्रोस्टेटका बिरामीका लागि पनि सिस्नु अत्यन्तै गुणकारी मानिएको छ । शुक्रकिट उत्पादन गर्न, भाँचिएको वा मर्किएको हाड जोड्न, आँखा तेजिलो बनाउन, अनुहारमा चमक ल्याउन, शरीर फुर्तिलो बनाउन, ढाड दुख्ने कम गर्न, घुँडा र जोर्नी दुखाइ हटाउन सिस्नोको पाउडर प्रयोगले ठूलो मद्दत गर्छ ।

सम्बन्धित समाचार

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता