इन्फो नेपाल — सञ्चारको सञ्जाल

स्वास्थ्य अधिकृत ओछ्यानमै मृत फेला

पाँचथर — फिदिम नगरपालिकामा कार्यरत स्वास्थ्य सेवाका छैठौं तहका अधिकृत प्रवेशकुमार श्रेष्ठ ओछ्यानमै मृत भेटिएका छन् । नियमित समयमा कार्यालय आउने श्रेष्ठ बिहीबार करिब साढे १० बजेसम्म उपस्थित नभएपछि खोज्न जाँदा नगरपालिकाका कर्मचारीले मृत अवस्थामा फेला पारेका हुन् । कार्यालय नआएपछि फोन गर्दा नउठेपछि खोज्न कोठामै पुगेको नगरपालिकाका कर्मचारी सुजन बाँस्कोटाले जानकारी दिए । धनकुटाको चौबीसे गाउँपालिका-१ बुधबारे घर भएका श्रेष्ठ फिदिम नगरपालिकाको स्वास्थ्य शाखामा सहसंयोजकको जिम्मेवारीमा थिए । घटनाबारे जानकारी हुनासाथ कार्यालयबाट प्रहरी खटाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए । अघिल्लो साँझसम्म श्रेष्ठ सामान्य अवस्थामा रहेको उनका सहकर्मीहरु बताउँछन् । उनको ह्रदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क