इन्फो नेपाल — सञ्चारको सञ्जाल

स्वास्थ्य पर्यटनको केन्द्र बन्दै म्याग्दीको तातोपानी कुण्ड

बेनी | म्याग्दी जिल्लाका विभिन्न तातोपानी कुण्डहरु स्वास्थ्य पर्यटन केन्द्रको रुपमा उदाउँदै गएका छन्। जिल्लाभरी फैलिएका १४ वटा तातोपानी कुण्डहरु बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएका छन्। बेनी नगरपालिका-४ स्थित सिङ्गा तातोपानी कुण्ड विशेषगरी चर्चित छ। यो कुण्ड वि.सं. २०४२ साल देखि नै प्राकृतिक चिकित्सालयको रुपमा स्थापित छ। विरेनुनको सुगन्ध र पिउन मिल्ने प्राकृतिक तातोपानीमा डुबेर धेरै बिरामीहरुले स्वास्थ्य लाभ हासिल गरेका छन्। तातोपानी कुण्डमा डुबेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हाडजोर्नी दुखाई, नसा च्यापिएको लगायतका चिसोका कारण उत्पन्न सबै प्रकारका रोगहरु निको हुने कुण्ड व्यवस्थापन समिति साथै त्याहा आएका बिरामीहरू बताउछन । पछिल्लो समय तातोपानी कुण्डमा स्वदेशी तथा विदेशी बिरामीहरुको आगमन बढ्दै गएको छ। कुण्ड व्यवस्थापन समितिका अनुसार भारत, जापान र बङ्गलादेशबाट पनि सयौं पर्यटक यहाँ आउने गरेका छन्। ५५ देखी ५७ डिग्री सेन्टिग्रेडको तापक्रममा विरेनुन मिसिएको यो प्राकृतिक तातोपानीले अनेकौं रोगीहरुलाई निकै राहत प्रदान गरेको छ। नेपालका विभिन्न जिल्लाका साथै उच्च सरकारी अधिकारी तथा केन्द्रीयस्तरका नेताहरुले पनि यो कुण्ड अवलोकन गर्न आउने गरेका छन्। महङ्गा अस्पतालमा उपचार नभएका बिरामीहरु यहाँ आउने क्रम बढेपछि स्थानीय स्वास्थ्य पर्यटन केन्द्रको रुपमा विकास भैरहेको छ। ४२ सालमा फेला परेको यो तातोपानी कुण्डलाई स्थानीयवासिन्दाले नै संरक्षण गरी अहिलेको अवस्थामा पुर्‍याएका हुन्।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते