इन्फो नेपाल — सञ्चारको सञ्जाल

स्वास्थ्य रहन चाहानुहुन्छ भने घरमै छ औषधीहरु

हाम्रो भान्समा थरीथरीका मरमसला हुन्छन्, जसलाई स्वादको लागि प्रयोग गर्छौ । ति मरमसलामा स्वाद मात्र होइन, औषधिय गुण पनि हुन्छ । तर, प्रयोग गर्न भने जान्नुपर्छ ।बेसार, अदुवा, टिमुर, लसुन, प्याज, ज्वानो, जिरा, मेथी, नुन लगायतका औषधिय गुणले भरिपूर्ण हुन्छन् । ती के के हुन त तल प्रस्तुत छन् :- बेसार:-यसमा पाइने रासायनिक तत्व करक्यूमिन एन्टिअक्सिडेन्ट, एन्टीइन्फलामेशन ९सुजन हुनबाट रोक्न० को लागि प्रभावकारी मानिएको छ । बेसारले शरीरको कोषको आकारलाई बढ्न नदिने र उक्त कोषहरु अर्को अङ्गमा फैलिने नदिने क्यान्सरविरुद्ध प्रभावकारी काम गर्दछ ।आयुर्वेद चिकित्सामा छालाको रोगहरुमा बाहृय एवं आन्तरिक प्रयोगको लागि ज्यादै प्रभावकारी मानिएको छ । रक्तनलीभित्र जम्ने बोसो ९कोलेस्ट्रोल० कम गर्न प्रभावकारी देखिएको छ । अदुवा:-यसमा पाइने जिङ्गीवारिन र विसावोलिन रासायनिक तत्वले मुट एवं रक्तनलीमा जम्मा भएको बोसायुक्त तत्वलाई – कोलेस्ट्रोल० पगाल्न मदत गर्छ । रक्त रञ्चार क्रियालाई व्यवस्थित राख्छ । उल्टी रोक्ने, गाडीमा चढ्दा हुने रिङ्गटा र खाद्य विषाक्तमा प्रभावकारी मानिएको छ । टिमुर:-यसका विभिन्न जातिहरु भए तापनि अरमेटम जाति नेपालमा पाइन्छ । दाँतको दुखाई कम गर्न प्रयोग गरिन्छ । दाँत, मुख र घाँटीको संक्रमण एवं दुखाइमा प्रभावकारी छ । बजारमा पाइने जडिबुटीबाट निर्मित दन्तमन्जनहरुमा टिमुरको समिश्रण पाइन्छ ।आयुर्वेद चिकित्सामा रस बनाएर दाँत र घाँटी कुल्ला गर्ने सल्लाह दिइन्छ । लिनालोल, लाइमोनिनलगायत अन्य रासायनिक तत्व यसमा भएकोले संक्रमण नाश गर्न र पीडा कम गर्न महत्वपूर्ण भूमिका खैल्छन् । मेथी:-यसमा पाइने डाइसोजेनिन रसायनले आमाशयको घाउ हुनबाट जोगाउने भएकोले आयुर्वेद चिकित्सकहरुले अम्लपित्त एवं पेट फुलेको पनि निको हुने भन्ने कुरा रहेको छ । प्रयोग विधिः (१)सामान्य परिस्थितिमा ३ देखि ५ ग्राम शुद्ध बेसार खाना वा अन्य पेय पदार्थमा राखेर प्रयोग गर्न सकिन्छ । जबकी मृगौला एवं पित्त थैलीको पत्थरी हुनेहरुले बेसार प्रयोग गर्नुहुँदैन किनकि यसमा अत्यधिकमात्रामा क्याल्सियम रहेको हुन्छ (२) जोर्नी, श्वास प्रश्वास एवं पाचन अङ्गहरुको समस्याहरुमा दिनमा दुुईपटक २ देखि ३ ग्राम अदुवाको प्रयोग गर्ने सल्लाह दिने गरिन्छ । तर मुटु रोगीहरु तथा पित्त थैली एवं मृगौलाको पत्थरी भएको अवस्थामा भने अदुवाको प्रयोग गनु हुँदैन । (३) टिमुरको तेलको प्रयोग दाँत तथा बाहय पीडा कम गर्न प्रयोग गर्ने सल्लाह दिने गरिन्छ । त्यस्तै, मुख सुख्खा भएमा एक दुईवटा टिमुरको दाना दिनमा तीनदेखि चार पटकसम्म चुस्न सल्लाह दिने गरिन्छ ।

सम्बन्धित समाचार

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता