काठमाडौँ — नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले व्यक्ति ह'त्याको अभियोगमा कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरेका छन् ।
डिल्लीबजार कारागारमा रहेका चौधरीले नेपालसँग आफूमाथि राजनीतिक व्यवहार नभएको र जेल मुद्दा नरिएको भन्दै गुनासो गरेका थिए ।
'चौधरीले आफूमाथि राजनीतिक व्यवहार नगरिएको बताउनुभयो । उहाँले त्यसैअनुसार आफ्नो बस्नेसहितको व्यवस्थापन नभएको भन्नेमा गुनासो रहेको थियो,' नेपालले भने, 'सरकारले छाड्ने सहमति गरेको तर त्यसको कार्यान्वयन नगरेकोमा गुनासो रहेको थियो ।'
चौधरी उच्च अदालत दिपालयको फैसलापछि आजीवन कारावासमा रहेका छन् । २०७२ भदौमा कैलालीको टिकापुरमा भएको हिं'साको मुख्य योजनाकार रहेको ठहर गर्दै चौधरीलाई आजीवन कारावासको सजाय भएको छ ।
२०७४ सालको आमनिर्वाचनमा चौधरी कैलाली १ बाट निर्वाचित भएका थिए ।
काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…
काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। बुधबार सामाजिक…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…