इन्फो नेपाल — सञ्चारको सञ्जाल

हमासले पहिलो चरणमा ३३ बन्धक रिहा गर्ने, विपिन जोशीको नाम सूचीमा अटेन

काठमाडौं | इजरायलसँग भएको युद्धविराम सम्झौताअन्तर्गत हमासले पहिलो चरणमा रिहा गर्न लागेको ३३ बन्धकको सूची सार्वजनिक भएको छ। तर, यो सूचीमा ७ अक्टोबर २०२३ मा हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको नाम समावेश गरिएको छैन।

सम्झौताअनुसार आइतबार तीन महिला बन्धक रिहा गर्ने घोषणा गर्दै हमासले युद्धविराम सम्झौताको कार्यान्वयन सुरु गरेको छ। इजरायलले ३३ जनाको नामसहितको सूची हमासलाई बुझाएको थियो, जसलाई हमासले रिहा गर्ने प्रतिबद्धता जनाएको छ।

पाँच दिनअघि भएको युद्धविराम सम्झौता

पाँच दिनअघि कतार, अमेरिका, र इजिप्टको मध्यस्थतामा इजरायल र प्यालेस्टाइनबीच युद्धविराम सम्झौता भएको थियो। आइतबार बिहान ६ बजेदेखि लागू हुने भनिएको युद्धविराम सम्झौता कार्यान्वयनका क्रममा हमासले रिहा गरिने बन्धकहरूको नाम उपलब्ध गराउन ढिलाइ गर्दा इजरायलले गाजामा आक्रमण गरेको थियो।

त्यसपछि हमासले तीन बन्धक रिहा गर्ने घोषणा गर्‍यो र इजरायलले पनि युद्धविराम सम्झौता कार्यान्वयनमा आएको पुष्टि गर्‍यो।

विपिन जोशीको अवस्था अज्ञात

बझाङका नेपाली विद्यार्थी विपिन जोशी अध्ययनका क्रममा दक्षिण इजरायलमा रहेका बेला हमासले अपहरण गरेको थियो। हालसम्म उनको अवस्था अज्ञात छ।

बीबीसीका अनुसार ३३ बन्धकको सूचीमा ९ महिनाका बालक कफिर विवासदेखि ८६ वर्षीय शलोमो मन्जरसम्मका नाम समावेश छन्। बन्धक बनाइएका कफिरले कैदमै दोस्रो जन्मदिन मनाइसकेका छन्।

युद्धविराम सम्झौताअनुसार हमासले आगामी ६ हप्ताभित्र ३३ जनाको रिहाइ गर्ने जनाएको छ। तर, सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम नअटाउनुले उनको अवस्था अझै अन्योलमा परेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क