इन्फो नेपाल — सञ्चारको सञ्जाल

हरेकपटक निर्वाचन क्षेत्र फेर्न सक्ने भएर नै प्रचण्ड भएको हो - प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई केही दिनअघि गोरखाका नेता र जनप्रतिनिधिहरूले भेटेर गोरखा-२ बाट उम्मेदवार बन्न प्रस्ताव गरे। चितवनभन्दा गोरखा धेरै सुरक्षित रहेको र जित्नलाई धेरै मिहिनेत पनि गर्न नपर्ने हुँदा देशभर समय दिन पाइने उनीहरूको तर्क थियो। यसपालि पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र माओवादीको चुनाव चिह्न लिएर लड्न लागेका बाबुराम भट्टराईले समेत निर्वाचन नलड्ने भनेपछि प्रचण्ड गोरखा आउनैपर्ने उनीहरूको दबाब छ। गोरखा-२ बाट २०७० को निर्वाचन जितेका माओवादी केन्द्रका सचिव हितराज पाण्डेले भने प्रचण्ड गोरखा आउने चर्चा चले पनि टुंगो नलागिसकेको बताए।पाण्डेलाई माओवादी केन्द्रले समानुपातिक बन्द सूचीको पहिलो नम्बरमा राखेको छ। माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाएर उनको नाम राखेको हो। माओवादीसँग पार्टी एकता गर्ने घोषणा गरिसकेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गोरखा-२ बाट निर्वाचन नलड्ने घोषणा गर्ने क्रममा आफूभन्दा सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व गोरखाले पाउने उल्लेख गरेका छन्। गोरखाबाट निर्वाचन लड्न आफूले प्रचण्डलाई सुझाव दिएको उनले सार्वजनिक रूपमै बताएका छन्। प्रचण्डले पनि गोरखाबाट निर्वाचन लड्नुपर्ने प्रस्तावलाई गम्भीर रूपमा लिएको भन्दै आफू चितवनबाटै निर्वाचन लड्ने बताएका थिए। तर सोमबार भेट्न आएका चितवनका कांग्रेस र माओवादी नेता-कार्यकर्तासँग कुरा गर्दै प्रचण्डले आफूले जस्तो निर्णय पनि लिन सक्ने जवाफ दिएका थिए। अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येकपटक क्षेत्र फेरेका छन्। काठमाडौं-१० बाट दोहोर्‍याएर लड्दा उनी पराजित भएका थिए। २०६४ मा रोल्पा-२ र काठमाडौं-१० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं-१० बाट हारेका थिए भने सिरहा-५ बाट झिनो अन्तरले जितेका थिए। २०७४ मा चितवन-३ बाट निर्वाचित प्रचण्डले यसपटक गोरखा रोजे भने उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता हुनेछन्। चितवनदेखि आफूलाई भेट्न आएका गठबन्धनका नेता-कार्यकर्तालाई प्रचण्डले प्रत्येक निर्वाचनमा फरक-फरक क्षेत्रबाट लडेकाले यसपटक अन्त जान पनि सक्ने भनेका थिए। सत्ता गठबन्धन तर्फबाट चितवनका जिल्ला नेताहरूले चितवन नछाड्न अपिल गर्नुले पनि प्रचण्डले गोरखालाई विकल्पका रूपमा सोचेको अनुमान गर्न सकिन्छ। उनलाई पार्टीभित्र पनि एउटा समूहले गोरखा रोज्न दबाब दिइरहेको छ। चितवन-३ बाट निर्वाचन लड्दा प्रचण्डलाई कांग्रेसको भर पर्नुपर्छ भने गोरखामा माओवादी एक्लै पनि बलियो छ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसमेत मिलेपछि माओवादी केन्द्र अझै बलियो हुन्छ। कांग्रेसको समेत समर्थन रहँदा प्रचण्डलाई देश घुम्ने मौका मिल्ने माओवादीको मूल्यांकन छ। अर्कातिर चितवनमा कांग्रेसको असन्तुष्ट पक्षले प्रचण्डविरूद्ध उम्मेदवारी दिने पक्कापक्की छ। त्यसले पनि प्रचण्ड स्वयंले गोरखालाई सुरक्षित ठानेका हुन सक्छन्।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क