इन्फो नेपाल — सञ्चारको सञ्जाल

हर्क साम्पाङको कार्यकक्ष तोडफोड गर्ने पक्राउ

धरान:धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड गर्ने बराह पीडित सङ्घर्ष समितिका संयोजक खगेन्द्र नेपाली पक्राउ परेका छन् । साउन १५ गते बराह पीडित सङ्घर्ष समितिले धरान उपमहानगरपालिका घेराउ गर्नेक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षको झ्याल तोडफोड गरेका थिए । मेयरको कार्यकक्ष तोडफोड भएको विरुद्धमा मेयर साम्पाङले बराह पीडित सङ्घर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता प्रदीप बास्तोला विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरी अनुसार साउन १८ गते सोही कसुरमा धरान १६ बाट प्रदीप बास्तोलालाई धरान प्रहरीले पक्राउ गरेको थियो । फरार भएका नेपाली आज बिहान पौने ११ बजे धरानको भानुचौकबाट प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए । श्रेष्ठले दिएको जानकारि अनुसार नेपाली झापाका विभिन्न स्थानमा लुकिछिपि रहेका थिए।जाहेरी उपर दुबैकाे बिषयमा थप अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले बताएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क