इन्फो नेपाल — सञ्चारको सञ्जाल

हर्क साम्पाङलाई भेटेर रविले भनेः श्रमदान गर्न मन थियो, सहकार्य जारी रहनेछ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आज शुक्रबार भेटेका छन्। धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा लामिछानेले साम्पाङलाई भेट्न पुगेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेपछि यतिबेला पार्टी प्रमुख रहेका लामिछाने देशव्यापी संगठन विस्तारमा व्यस्त छन्। सोही क्रममा उनी धरान पुगेका हुन्। उनले यसअघि हर्क साम्पाङ राई र बालेन शाहजस्ता व्यक्तिलाई आफ्नो पार्टीमा स्वागत गर्न आफू तयार भएको बताएका थिए। यद्यपी हर्क र बालेनले आफूहरु स्वतन्त्र नै रहने स्पष्ट पारिसकेका छन्। भेटका क्रममा लामिछानेले साम्पाङलाई भनेका छन्,‘तपाइँलाई भेटेरै शुभकामना दिन आएको। खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो। तर सकिएछ। जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ।’

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क