इन्फो नेपाल — सञ्चारको सञ्जाल

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कोशी | मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ । सोमबार दाउरा लिन जंगल गएकी सुन्दरहरैँचा नगरपालिका– ५ गुरुङ टोलकी ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

सोमबार दिउँसो दाउरा खोज्न जंगल गएकी वृद्धा चन्द्रकुमारी राति अबेरसम्म घर नफर्किएपछि स्थानीयले मंगलबार बिहान प्रहरीको सहयोगमा जंगलमा खोजी गरेका थिए । खोजी गर्ने क्रममा वृद्धा जंगलभित्र मृत अवस्थामा फेला परेकी थिइन् ।

वृद्धालाई हात्तीले किचेर मारेको प्रारम्भिक अनुसन्धानबाट प्रस्ट भएको र उनको शव परीक्षणका लागि अस्पताल पठाइएको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क