इन्फो नेपाल — सञ्चारको सञ्जाल

हामी पनि टिस्टा काँगडा समेटिएको नक्सा संसदमा टाँसौंः रघुजी पन्त

काठमाडौं: नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालले पनि आफ्नो संसद भवनमा टिस्टा र काँगडा समेटिएको नेपालको नक्सा टाँस्नुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पन्तले भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर नेपालको भूभाग समेटिएको नक्सा संसद भवनमा टाँसेको विरोधमा नेपालले पनि टिस्टा र काँगडासम्मको नक्सा संसद भवनमा टाँस्नुपर्ने बताएका हुन्। ‘यदी भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर आफ्नो संसदमा राखिराख्न पाउँछ भने हामीले सतलज र राबी नदीसम्म पुगेको ‍सिमाना, टिस्टा र काँगडा सामेल गरेको नक्सा हामीले पनि आफ्नो संसद भवनमा टाङ्दा के हुन्छ,’ उनले भने। बिहीबार भारतीय विदेशमन्त्री यश जयशंकरले संसदमा टाँसेको ‘अखण्ड भारत’को नक्साबारे छिमेकी मुलुकहरूले बुझेको र यसलाई राजनीतिक रूपमा लिन नहुने बताएका ‍थिए। पन्तले जयशंकरको उक्त अभिव्यक्तिबारे सकारको धारणा के हो भनेर प्रश्न समेत गरेका छन्। ‘के नेपालले चित्त बुझाएको हो?’ उनको प्रश्न छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क