इन्फो नेपाल — सञ्चारको सञ्जाल

हिटर ताप्दै हुनुहुन्छ? जोखिमबाट बँच्‍न यी कुरामा ध्यान दिनुस्

काठमाडौं : पछिल्लो केही दिनयता देशभर अत्यधिक चिसो बढेको छ। जसले गर्दा देशका उच्च पहाडी भेगमा हिमपात तथा तराई भेगमा शीतलहर चलिरहेको छ। चिसो बढेको बेला मानिसका दैनिकी पनि कष्टकर हुँदै गएको छ। चिसोमा स्वास्थ्यमा समेत गम्भीर खालका समस्या देखिने हुनाले चिसोबाट बच्न विभिन्न खालको उपायहरू अपनाउने गरिन्छ। ग्रामीण भेगमा आगो बालेर चिसोबाट बच्ने भए पनि शहरी भेगमा धेरैले हिटर ताप्ने प्रचलन बढ्दो छ। धेरैले चिसोबाट बच्न हिटरको प्रयोग गर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ। यसरी चिसोबाट जोगिन घरको झ्याल ढोका बन्द गरेर हावा नछिर्ने गरी हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बन मोनोअक्साइड ग्यास बढ्न जाने र उक्त ग्यास धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्ने वा मृत्यु नै पनि हुन सक्ने विशेषज्ञहरू बताउँछन्। जसले गर्दा चिसोबाट बच्न हिटर ताप्दा विशेष सावधानी अपनाउनुपर्ने बताइन्छ।  हिटर ताप्दा ध्यान दिन जरुरी आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र प्रयोग गर्नुपर्ने चिकित्सकहरूले सुझाव छ। लामो समयसम्म हिटर ताप्ने गर्दा यसबाट निस्कने विभिन्न खालका रासायनिक तत्त्वहरूले हाम्रो स्वास्थ्यलाई थप असर गर्ने गर्छ। धेरै गर्मी र शरीर सुक्खा बनाउँछ धेरै समयसम्म हिटर लाप्ने गर्दा यसले हाम्रो शरीरलाई गर्मी पैदा गर्नुका साथै छाला सुक्खा गराइदिन्छ। यस्तै हिटरको हावाले छाला सुक्खा हुने गर्छ। यसले छाला फुट्ने चाउरीपन देखापर्ने गर्छ। आखाँको ज्योति कमजोर बनाउँछ कोठामा बालिने हिटरले हामीलाई चिसोबाट बच्न सहयोग गर्छ। तर, लामो समयसम्म कोठामा हिटर बालेर ताप्दा यसको प्रकासले हाम्रो आँखालाई असर पुर्‍याउँछ, यसले आँखाको ज्योति कमजोर बनाउनुका साथै आँखा सुक्खासम्म बनाउँछ। त्यसैले नजिकै बसेर हिटर ताप्नु हुँदैन।  हिटर ताप्दा सकेसम्म १० सेन्टिमिटर टाढा राखेर हिटर ताप्ने गर्नुपर्छ। इलेक्ट्रिकलभन्दा ग्यास हिटर ताप्नु राम्रो यदि हिटर ताप्दै हुनुहुन्छ भने इलेक्ट्रिकल हिटरभन्दा ग्यास हिटर ताप्नु स्वास्थ्यको लागि राम्रो हुन्छ। ग्यास हिटरले इलेक्ट्रिकल हिटरभन्दा कम अक्जिनलाई असर गर्छ। यस्तै ग्यास हिटरले कार्बनमोनोअक्साइड ग्यास पनि कम फाल्ने गर्छ। जसले गर्दा लामो समयसम्म पनि ग्यास हिटर ताप्ने गर्दा पनि स्वास्थ्यलाई खासै असर गर्दैन।

सम्बन्धित समाचार

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता