इन्फो नेपाल — सञ्चारको सञ्जाल

हिमालयन रिइन्स्योरेन्सलाई लाईसेन्स दिँदा कान्तिपुरका मालिक सिरोहियालाई १० करोड

१७ मंसिर २०७८, काठमाडौं । २०७४ साल माघ १ गते काठमाडौंस्थित नयाँ बानेश्वरमा रहेको हेलो टावरमा व्यवसायी अजेय पराजुली (सुमार्गी) ले पत्रकार सम्मेलन गरेर नेपालको नम्वर १ मिडिया हाउस कान्तिपुरका मालिक कैलास प्रसाद सिरोहिया मिडियाको आडमा ब्लाकमेलिङ धन्दा चलाउने व्यक्ति भएको आरोप लगाएका थिए । त्यति मात्रै नभएर सुमार्गीले नेपालका सबै उद्यमी तथा व्यवसायीहरुले कान्तिपुरलाई नजराना बापत गोल्डेन शेयर (सित्तैमा दिइने शेयर) दिनुपर्ने बाध्यता रहेको आरोप लगाएका थिए । सुमार्गीले हेलो टावरमा तीन वर्ष अघि पत्रकार सम्मेलन गरेर आरोप लगाएकै शैलीमा कान्तिपुरका मालिक सिरोहियाले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई लाईसेन्स वितरण गर्दा १० करोड रुपैयाँको नजराना बापतको शेयर लिएको तथ्य बीमापोष्टले फेला पारेको छ । सिरोहियाले नेपालका नाम चलेका सबै मिडिया हाउसहरुलाई वितरण गर्ने शर्तमा १० करोड रुपैयाँ लिएको सो रकम क–कसलाई के कतिका दरले वितरण गरियो भन्ने खुल्न भने बाँकि नै रहेको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीमा शेयर लगानी गरेकाहरुले १०० रुपैयाँ अंकित शेयरको प्रतिकित्ता १६५ रुपैयाँसम्म उठाइएको थियो र सो अतिरिक्त रकम तत्कालिन अर्थमन्त्री विष्णु पौडेल, अर्थमन्त्रालयका कर्मचारी, बीमा समितिका कर्मचारी तथा नेपालका सबै मिडिया हाउसहरुमा वितरण गर्नु परेकोले शेयरको मूल्य महंगो भएको बताउने गरेका छन् । हुन पनि कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रबन्ध पत्रमा धनुषा जिल्ला जनकपुर नगरपालिका– ५ निवासी स्व. घाँसिराम सिरोहियाका छोरा कैलाश प्रसाद सिरोहियालाई १० करोड रुपैयाँको १० लाख कित्ता शेयर बाँडफाँड गरिएको छ । उनको साक्षीमा महेश स्वार बसेका छन् । स्वार सिरोहियाका आफन्त समेत हुन् । सिरोहियाले नेपालमा सञ्चालित अन्य मिडिया हाउसहरुलाई समेत रकम दिई अबैध लाईसेन्सको विषयमा कुनै पनि समाचार नलेख्ने र उचित वातावरण सिर्जना गर्ने ठेक्का लिएको हिमालयन रिइन्स्योरेन्स कम्पनी स्रोतले जनाएको छ । सो बापत १० करोड रुपैयाँको शेयर सित्तैमा दिइएको अनौपचारिक स्रोतले जनाएको छ । नेपालको इतिहासमै सबैभन्दा ठूलो घोटाला काण्डको रुपमा चर्चित हिमालयन रिइन्स्योरेन्स घोटाला काण्डको बारेमा कान्तिपुरबाटै फुटेर गएको नागरिक दैनिकले एक अंक मात्रै समाचार लेखेको थियो । पहिलो अंकको समाचार लेख्ने वित्तिकै सो मिडियाले पनि उक्त समाचार सम्बन्धमा थप फलोअप नगरी चुप लागेको थियो । स्रोतका अनुसार सबै मिडियासँग गरेको डिलमा सिरोहियाले धोका दिएपछि उक्त मिडियाले अलिकति समाचार लेखेकोमा पछि पुनः सहमति कायम गरिएको जनाइएको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई लाईसेन्स दिँदा १० करोड रुपैयाँको शेयर उपहार प्राप्त गरेका सिरोहियाले अन्य मिडिया हाउसहरुलाई कति कति रुपैयाँ वितरण गरे भन्ने खुल्न बाँकी छ । तर, स्रोतका अनुसार ५० लाख, एक करोड र तीन करोड गरी स्तर अनुसार वितरण गरिएको चर्चा बीमा क्षेत्रमा व्याप्त छ । कान्तिपुरका मालिक सिरोहियाले मिडिया सेटिङ गर्ने ठेक्का लिएकै कारण सो पत्रिकाले अहिले बीमा समितिले गरेको बीमाको सिद्धान्त विपरित, हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई अर्बौ रुपैयाँ फाइदा हुने निर्णयको बचाऊमा समाचार लेख्दै आएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले २०७८ कार्तिक २२ गते पुनर्बीमा व्यवसाय गर्ने लाइसेन्स दिएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क