इन्फो नेपाल — सञ्चारको सञ्जाल

हिमालयन शेर्पालाई हराउँदै आयोजकको विजयी सुरुवात

हेटौंडा- पूर्वी मकवानपुरको वागमती गाउँपालिकामा जारी छैठौं संस्करणको वागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत् आयोजकले विजयी सुरुवात गरेको छ । बुधबार वागमती-८ स्थित जनता माविको खेलमैदानमा भएको खेलमा 'ए’ डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै आयोजक वागमतीले विजयी सुरुवात गरेको हो । निर्धारित खेल समयमा १-१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित खेल समयमा वागमतीका लागि एलिश चौलागाईंले दोस्रो हाफको २ औं मिनेटमा र हिमालयन शेर्पाका सन्दीप श्रेष्ठले खेलको ९० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरे । खेलको म्यान अफ दी म्याच एलिश घोषित भए । उनले १० हजार रुपिया“ प्राप्त गरे । वागमतीका गोलरक्षक उमेश पाख्रिनले ९० औं मिनेटमा दोहोरो पहेंलो कार्ड पाएपछि मैदान बाहिरिए । त्यही अवसरलाई सदुपोग गर्दै श्रेष्ठले पेनाल्टीमार्फत् गोल गरेका हुन् । टाइब्रेकरमा वागमतीका लागि एलिश महर्जन, प्रितम स्याङ्बो, सामेल सुनार, रोशन दोङ र अमर पाख्रिनले गोल गरे । हिमालयनका लागि दिवस उरौ, सत्यम् शर्मा, धिरज थपलिया र विदेशी खेलाडी आब्मे फाकुलाइनले गोल गरे । हिमालयनका सन्दीप श्रेष्ठको प्रहार वागमतीका गोलरक्षक पवन आलेमगरले उत्कृष्ट बचाउ गरे । विजयी आयोजक वागमतीले क्वार्टरफाइनमा स्थान बनाएको छ । अब आयोजकले क्वार्टरफाइनलमा फागुन ६ गते विभागीय क्लब त्रिभुवन आर्मी क्लबस“ग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत् बिहीबारको खेलमा सिमराको नवजनजागृति युवा क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्धर्पा हुनेछ । विजयी टिमले सेमिफाइनलमा स्थान बनाउनेछ । नकआउट चरणमा सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ । यस संस्करणको विजेताले १० लाख रुपियासहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपिया“ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपिया“ प्राप्त गर्नेछन् भने विधागत् उत्कृष्ट खेलाडीले २५ हजार रुपिया प्राप्त गर्नेछन् ।  

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क