इन्फो नेपाल — सञ्चारको सञ्जाल

जुरेलीले युवा संघका नेताविरुद्ध दिइन् जाहेरी

काठमाडौं । महिला रेस्लर अस्मिता जुरेलीले राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हिक्मत बोहोरा(हिलारी) विरूद्ध प्रहरीमा उजुरी दिएकी छिन् । ललितपुरको फर्सीडोलमा असार १५ मा युवासंघले आयोजना गरेको धान दिवसको अवसरमा आफूमाथि बोहोराले दुर्व्य'वहार गरेको भन्दै उनले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी हुन् । जुरेलीको उजुरीमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिएका छन् । एमाले महासचिव शंकर पोखरेल सहभागी रहेको उक्त रोपाईं कार्यक्रममा बोहोराले जुरेलीलाई समातेर हिलोमा लडाएका थिए । अभद्र व्यवहारबाट रिसाएकी जुरेली र बोहोराबीच घम्साघम्सी हुँदै उनको कपडासमेत च्यातिएिको भिडियोमा देख्न सकिन्छ । उक्त कार्यक्रमा युवासंघको फ्याक्सन इन्चार्ज महेश बस्नेत, नायिका करिष्मा मानन्धरलगायतको उपस्थिति रहेको थियो । गतवर्ष पनि गायक छत्र शाही र जुरेलीबीच हिलो खेलाई अश्लीलता भएको भन्दै तीव्र आलोचना भएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क