इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडामा जनप्रतिनिधिको आन्दोलन, प्रहरी अनुसन्धानको माग

हेटौँडा | हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि गत असार ४ गते भएको आक्रमणपछि एक महिना बित्दा पनि आक्रमणकारी पक्राउ नपरेको भन्दै स्थानीय जनप्रतिनिधिहरू आन्दोलनमा उत्रिएका छन्।

उनीहरूले आइतबारदेखि जिल्ला प्रशासन कार्यालय, मकवानपुरको परिसरमै टेवल राखेर सेवा दिन सुरु गरेका छन्। आन्दोलनमा उपमहानगरपालिकाका उपप्रमुख राजेश कुमार बानियाँ र विभिन्न वडाध्यक्षको सहभागिता रहेको छ।

न्यौपानेमाथि वडामा काम गरिरहेको समयमा दिउँसो पौने ४ बजे आक्रमण भएको थियो। घटना भएको एक महिना बित्दा पनि अनुसन्धानको प्रगति देखिएन भन्दै जनप्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

हेटौँडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले भने, “जनप्रतिनिधिमाथि आक्रमण भएको विषयमा छिटो अनुसन्धान र पक्राउ हुनुपर्ने हाम्रो माग हो।”

व्यापारी समुदायले पनि यसअघि दिनदहाडै भएको कुटपिट घटनापछि सुरक्षा व्यवस्थाबारे प्रश्न उठाएका थिए। हाल जनप्रतिनिधिहरूले दुई दिन प्रशासन कार्यालयमै सेवा प्रवाह गर्दै आफ्नो विरोध जारी राख्ने र त्यसपछि थप आन्दोलनबारे निर्णय लिने बताएका छन्।

प्रहरी प्रशासनले भने अनुसन्धान चलिरहेको बताउँदै, आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी जारी रहेको प्रतिक्रिया दिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क