इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडामा तरकारी व्यवसायीमाथि कार्यालयभित्रै आक्रमण

हेटौँडा | हेटौँडामा तरकारी व्यवसायीमाथि कार्यालयभित्रै आक्रमण भएको घटना सार्वजनिक भएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी संघले आफ्नो एक सदस्यमाथि संघकै कार्यालय भित्रै आक्रमण भएको बिज्ञाप्ती मार्फत जानकारी गराएको छ ।

संघद्वारा जारी विज्ञप्तिअनुसार, मंगलबार बिहान संघका सदस्य एवं तरकारी व्यवसायी जगत बहादुर गोलेमाथि संघको कार्यालयमा भित्रै आक्रमण भएको थियो।

संघ भित्रको विवादमा छलफल गरिरहेका बेला बाहिरका मान्छेले उनलाई हातपात गरेर फरार भएका थिए। संघका अध्यक्ष कृष्ण प्रसाद हुमागाई र सचिव नवराज शर्मा पौडेलसहितको समितिले कार्यालयमा दुवै पक्ष राखेर छलफल गरिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका सदस्यहरूले आक्रमण गरेको संघको दाबी छ।

"संस्थाका सल्लाकार एवम् व्यवसायी जगत बहादुर गोलेलाई कुटपिट गरेको हुदां, यस्तो कार्य प्रती यस संघको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त अभद्र घटनामा संलड्न व्यक्तिहरुलाई कानुन बमोजिमको कारवाही गर्न संघ सम्बन्धित कार्यलयमा जोडदार माग गर्दछ ।", संघका महासचिव सन्तोसी बर्तौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क