इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडामा ब्रोइलरको मासु प्रतिकिलो ४६० पुग्यो, पसलैपिच्छे फरक मूल्यले उपभोक्ता मारमा

हेटाैँडा । हेटौँडा बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य निरन्तर बढ्दै प्रतिकिलो ४ सय ६० रुपैयाँसम्म पुगेको छ। मासुसँगै अण्डाको मूल्यसमेत लगातार बढेपछि स्थानीयको भान्सा खर्च महँगिएको छ।

​बजारमा मूल्य वृद्धि हुनुका साथै एउटै क्षेत्रका पसलैपिच्छे फरक-फरक दरमा मासु बिक्री भइरहेको उपभोक्ताको गुनासो छ। हेटौँडा-२ का उद्धव घिमिरे र वडा नम्बर ५ की रमिला थापाका अनुसार अस्वाभाविक रूपमा मूल्य बढ्दा र पसलअनुसार फरक मूल्य लिँदा सर्वसाधारण अन्योलमा परेका छन्। उनीहरूले प्रभावकारी बजार अनुगमन र मूल्यसूची अनिवार्य गर्न माग गरेका छन्।

​व्यवसायीहरूले भने माथिबाटै खरिद मूल्य महँगो परेकाले खुद्रा मूल्य बढाउनुपरेको दाबी गरेका छन्। बजारमा कुखुराको उत्पादन घट्नु र चाडपर्व नजिकिएसँगै माग बढ्नाले मासुको मूल्यमा दबाब परेको उनीहरूको भनाइ छ।

​एकै महिनामा दुई पटकसम्म अण्डाको मूल्यसमेत बढेपछि हेटौँडाका उपभोक्ताले मनपरी मूल्य असुली नियन्त्रण गर्न र बजारमा नियमित अनुगमन बढाउन स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क