हेटौँडा | हेटौँडामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्। हेटौँडा उपमहानगरपालिका–१० मेनरोड बस्ने ३३ वर्षीया तारा श्रेष्ठले शनिबार राति शरीरमा मट्टितेल खन्याएर आगो लगाएकी हुन्।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार घरायसी विवादका कारण आत्मदाहको प्रयास भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
राति करिब ११ बजेतिर आगो लगाएकी तारालाई बचाउने क्रममा उनका श्रीमान् ४३ वर्षीय सुमन महर्जन पनि घाइते भएका छन्। प्रहरीका अनुसार ताराको शरीरको करिब ४० प्रतिशत भाग जलेको छ भने सुमनको दुवै हातमा गम्भीर रूपमा चोट पुगेको छ।
घटनापछि दुवै जनालाई तत्काल हेटौँडा अस्पतालमा उपचार गरिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित जलन उपचार केन्द्र पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…