इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा अस्पतालका २१४ जना कर्मचारीको पद आजदेखी रिक्त हुदै, के होला सेवा प्रवाह ?

मकवानपुर: बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालका २१४ जना कर्मचारीको पद आजदेखी रिक्त हुदैछ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहेको हेटौँडा अस्पतालको गत असार ३ गते कर्मचारीको असार ३१ गते पछी पदमुक्त हुने भन्दै प्रतिष्ठानले सुचना प्रकाशन गरे अनुसार आज राति १२ बजे देखी अस्पतालका २१४ जना कर्मचारी पदमुक्त हुदैछन् । १५ जना एबिबिएस डाक्टर, एक जना आयुर्वेदिक चिकित्सक, १०३ जना नर्स, फार्मेसिष्ट, रेडियोलोजिष्ट, ल्याब टेक्निसियन लगायत प्राविधिक कर्मचारी, २५ जना प्रशासन तर्फ कार्यरत कर्मचारी, त्यसैगरीटेन्डरबाट अस्पताल सरसफाईमा ३५ र सुरक्षाका लागि खटाइएका २५ जना कर्मचारी को पद रिक्त हुने भएपछी दैनिक हजार देखी १५ सयको हाराहारीमा सेवा दिने अस्पतालको सेवा प्रवाहमा समास्या आउने सहजै अनुमान गर्न सकिन्छ ।

के होला सेवा प्रवाह ?

प्रदेश सरकारले केही कर्मचारी थपका लागि बजेट बिनियोजन गरेको बताउदै पदमुक्त हुने मध्ये १३० जनाको हाराहारीमा कर्मचारी पुन: नियुक्त गरिने अर्थोपेडिक्स सर्जन तथा मेडिकल सुपरइन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाले दाबि गरे । अस्पतालमा भोलीबाट प्रवाह हुने सेवामा अबरुद्ध नहुने तरिकाले ब्यावस्थापनको तयारी गरेको उनले बताए । आफुले भित्री समन्वयमा समस्या हल गर्ने उपाए निकालेको उनको भनाई थियो । कुनै पनि कर्मचारी कटौती गर्ने इच्छा नभएता पनि बजेट अभावका कारण कर्मचारी कटौती गर्नु परेको गुनासो उनले सुनाए । बागमती प्रदेश सरकारले प्रतिष्ठानका लागी चालु आर्थिक वर्ष २०८०।०८१ का लागि चालु आर्थिक बर्ष भन्दा कम बजेट विनियोजन गरेपछि बजेट अभावका कारण देखाउँदै प्रतिष्ठानले कर्मचारी कटौतीको घोषणा गरेको हो । प्रतिष्ठानले आगामी आर्थिक वर्षमा तलब भत्ता वितरणमै समस्या हुने भएपछि कर्मचारी हटाउँनु परेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले बताए । कर्मचारी कटौती नै भएपनी सेवा बिस्तारमा असहजता रहेपनी अबरुद्ध हुने अवस्था नरहेको उनले बताए । बजेट बिनियोजन गर्दा राजनितिक चस्माबाट हेरीएको उनको आरोप छ । कर्मचारी कटौती गर्ने अवस्था श्रीजना नहोस भनि १ महिना सम्म मन्त्रालय धाएतापनि सुनुवाई नभएको उनले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क