इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा अस्पतालमाथि स्वास्थ्य मन्त्रालयले थाल्यो छानबिन

हेटौँडा | हेटौँडा–५, पिप्लेकी नौ वर्षीया बालिकाको उपचारमा लापरबाही भएको आरोपपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले हेटौँडा अस्पतालमाथि छानबिन थालेको छ। डा. नवीन दर्नालको संयोजकत्वमा बनेको समिति बिहीबारदेखि तथ्य संकलनमा जुटेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरी बिहीबारबाट काम सुरु गरेको हो ।

असार ९ गते पेट दुखेपछि सामना हेटौँडा अस्पताल पुगेकी थिइन्। तर पाँच दिनसम्म रोग पत्ता नलागी अवस्था जटिल भएपछि काठमाडौंको कान्ति बाल अस्पताल लगिएको थियो। त्यहाँ परीक्षणमा एपेन्डिक्स फुटेर संक्रमण फैलिएको पुष्टि भयो।

परिवारले रोग पहिचानमा ढिलाइ र समयमै उपचार नपाउनु चिकित्सकीय लापरबाही भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

डा. नवीन दर्नालको संयोजकत्वमा बनेको छानबिन टोलीले अस्पतालको उपचार अभिलेख संकलन र चिकित्सकसँग सोधपुछ गरिसकेको छ। टोलीलाई १० दिनभित्र प्रतिवेदन बुझाउने निर्देशन दिइएको मन्त्रालयका शाखा अधिकृत खेमराज भट्टराईले जानकारी दिए।

स्वास्थ्य सेवा ऐन, नेपाल मेडिकल काउन्सिल र मुलुकी अपराध संहिता अनुसार दोषी प्रमाणित भए चेतावनीदेखि लाइसेन्स खारेज, फौजदारी मुद्दा र क्षतिपूर्ति मागसम्मका कारबाही गर्न सकिने व्यवस्था छ।

सम्बन्धित समाचार

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

शव पहिचानमा सघाउन हेटौँडामा प्रोजेक्टरसहितको कक्ष

हेटौँडा | रसुवाको भोटेकोशी बाढीमा मृत्यु भएका तर पहिचान हुन नसकेका व्यक्तिको सनाखतमा सहयोग पुर्‍याउन हेटौँडा उपमहानगरपालिकाले प्रोजेक्टरसहितको कक्ष सञ्चालनमा ल्याएको छ। नगर प्रमुख…

इन्फो नेपाल संवाददाता