इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा अस्पतालमा 'औषधि दान' गर्न पाईने

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा आजदेखी 'औषधि दान' गर्न पाईने भएको छ । अस्पतालले शुक्रवारदेखि औषधि दानपत्र सेवा शुरू गरेसंगै मानवीय भावनाले प्रेरित व्यक्तिहरूले औषधि दान गर्न सक्नेछन्।

अस्पतालका सूचना अधिकारी राजिप झाले यस बारे जानकारी दिँदै भने, "यस अभियान अन्तर्गत नागरिकहरूले आफूसँग बचेका वा किनेर औषधिहरू दान गर्न सक्नेछन्।"

अस्पतालले विशेषगरी बीमा योजना अन्तर्गत प्राप्त भएका तर फिर्ता गर्न नमिल्ने औषधिहरू दान गर्न आग्रह गरेको छ। सूचना अधिकारी झाका अनुसार, बीमाबाट प्राप्त १० रुपैयाँ मूल्य बराबरको औषधि दान गर्दा अन्य आवश्यक बिरामीलाई सय रुपैयाँ बराबरको सहयोग पुग्नेछ।

संकलित औषधिहरूलाई "औषधि बैंक" को अवधारणा अनुसार व्यवस्थापन गरिनेछ । हरेक हप्ता वा तीन/तीन दिनमा औषधिहरूको अवस्था जाँच गरी प्रत्येक वार्डमा राखिने व्यवस्था मिलाइएको झाले जानकारी दिए । संकलित औषधिहरू आर्थिक रूपमा विपन्न बिरामीहरूको निःशुल्क उपचारमा प्रयोग गरिने बताउँदै उनले भने, "यसले विपन्न बिरामीहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।"

झाले थप जानकारी दिँदै भने, "विशेष दिनहरूमा सहयोग गर्न चाहनेले औषधि किनेर दान गर्न सक्नेछन्। साथै, स्वास्थ्य शिविरबाट बचेका औषधिहरू पनि दान गर्न सकिनेछ।"

यो पहलले एकातिर औषधिको अपव्यय रोक्ने र अर्कोतिर गरीब बिरामीहरूलाई सहयोग पुग्ने विश्वास अस्पताल प्रशासनको रहेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क