इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा उपमहानगरपालिका: संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो हुन सफल

हेटौँडा- हेटौँडा उपमहानगरपालिका मकवानपुरका स्थानीय तहहरूमध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो हुन सफल भएको छ।  ८८.५ अङ्कसहित शीर्ष स्थानमा रहेको हेटौँडाले विभिन्न १० वटा सूचकहरूमा राम्रो प्रदर्शन गर्‍यो। शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना तर्जुमा, आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन लगायतका क्षेत्रमा उच्च अङ्क प्राप्त गर्न सफल रह्यो। गत वर्षको तुलनामा यस पटक उपमहानगरपालिकाको प्रदर्शनमा सुधार देखिएको छ। जिल्लाका अरू स्थानीय तहहरूमा पनि प्रगति देखिए पनि हेटौँडा शीर्ष स्थानमै कायम रह्यो। जिल्लाका भीमफेदी गाउँपालिकाले ६४.७५ अङ्क, कैलाश गाउँपालिकाले ६१.५ अङ्क, ईन्द्रसरोवर गाउँपालिकाले ६१.७५ अङ्क र बाग्मती गाउँपालिकाले ५७.७ अङ्क प्राप्त गरेका छन् । भने ४ स्थानीय लहले अझै सम्म बिवरण बुझाएका छैनन् । संस्थागत क्षमता स्वमूल्याङ्कनले स्थानीय तहका सबल र कमजोर पक्षहरूको पहिचान गर्न मद्दत पुर्‍याउँछ। यसका आधारमा स्थानीय तहले आफ्नो क्षमता अभिवृद्धिका लागि योजना बनाउन सक्लान्। स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा भने जिल्लाका १० पालिका मध्य ४ पालिकाले मात्र बिवरण बुझाएका छन् । हेटौंडा उपमहानगरपालिका, मकवानपुर गढीगाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिकाले मात्र बिवरण बुझाएकोमा सबैभन्दा अगाडी हेटौंडा उपमहानगरपालिका नै रहेको छ । ७१ अङ्कसहित शीर्ष स्थानमा रहेको हेटौँडाले विभिन्न ५ वटा सूचकहरूमा राम्रो प्रदर्शन गर्‍यो। मकवानपुर गढीगाउँपालिकाले ७०.७,  बकैया गाउँपालिकाले ६८.५,  र इन्द्रसरोवर गाउँपालिकाले ४५.५ अङ्क प्राप्त गरेका छन् । प्रदेशभरको नतिजा हेर्दा देशभरकै अगाडी रहेको खैरहनी नगरपालिका ९९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क