इन्फो नेपाल — सञ्चारको सञ्जाल

हेटौँडा उपमहानगरपालिका घोषित भयो पूर्ण खोप सुनिश्चित क्षेत्र

हेटौंडा | हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित क्षेत्र घोषित भएको छ । हेटौंडा उमहानगरपालिकाद्वारा आइतबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाका १६ महिनादेखि ५ वर्षसम्मका सबै बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

सवै बालबालिकालाई सम्पूर्ण खोप दिएका उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति मकवानपुरका सचिव कृष्ण मिजारले मेयर मीनाकुमारी लामालाई उपलब्ध गराएका थिए ।

खाेप समन्वय समितिका सचिब कृष्णबहादुर मिजारले खाेप सुनिश्चितताकाे प्रमाणपत्र नगर प्रमुख मीनाकुमारी लामालाई हस्तान्तरण गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले प्रमाणपत्र लिंदै उपमहानगरपालिकाका सबै १९ वडाहरूले यो लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। प्रमुख लामाले भनिन्, "खोप स्वास्थ्यको एक महत्त्वपूर्ण पक्ष हो। यो उपलब्धिले हाम्रो समुदायको स्वास्थ्य आधार बलियो बनाएको छ।" उनले थप भनिन् "यो सफलता बालमैत्री वडा घोषणाको लक्ष्य तर्फको एक महत्त्वपूर्ण कदम हो।"

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर घिमिरेले नेपाल सरकारको प्रतिबद्धता जनाउँदै भने, "हामी हरेक वर्ष घरधुरी सर्वेक्षण गरी बालबालिकाहरूलाई खोप सेवा उपलब्ध गराउन प्रतिबद्ध छौं।" उनले आगामी वर्षको नीति तथा कार्यक्रममा विपन्न जेष्ठ नागरिकहरूका लागि निःशुल्क निमोनिया खोप सेवा समावेश गरिने जानकारी पनि दिए।

पूर्ण खोप अन्तर्गत १६ महिनादेखि १६ वर्षमुनिका बालबालिकाहरूले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोपहरू समय तालिकाभित्र प्राप्त गर्छन्।

उपमहानगरपालिकाका भित्रका ७ हजार १ सय ८५ बालबालिकाले पूर्ण खोप पाएका संगै र्ण खोप सुनिश्चित क्षेत्र घोषणा गरिएको हो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क